नक्कलीबावु बन्ने नारायण जेल चलान

विराटनगर । विराटनगर १ स्थित सुकुम्वासी वस्तीमा बस्दै आएका सत्यनारायण पोद्दारले सात जना नक्कली सन्तानको बाबु बनेको स्वीकार गरेका छन् । 

अघिल्लो वर्षको बाढीबाट विस्थापित भएर महानगरको सिमाना स्थित कटहरी गाउँपालिकामा बसोबास गर्दै आएका उनले एउटा नागरिकता सिफारिस गरिदिए वापत २२ हजार रुपियाँ लिने गरेको बयान दिएका छन् । २०६३ सालदेखि २०७५ सालसम्म उनले ७ जनाको नागरिकता बनाइ दिए । 

पछिल्लो पटक नागरिकता बनाइदिने उनको योजनाअसफल भएपछि प्रहरीको फन्दामा परेका ५५ वर्षीय सत्यनारायण पोद्दारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालत मोरङका न्यायधीश महेन्द्र प्रसाद पोखरेलको इजलासले  बाबु बन्ने सत्य नारायणलाई पुर्पक्षका लागि मोरङ कारागार र सिफारिस गर्ने र नागरिकता लिनेहरुलाई पक्राउ गर्न आदेश दिएको हो । 

अदालतको श्रेस्तेदार इश्वरमणि ओझाले भन ‘मुख्यअभियुक्तलाई सरकारी सिदा खान पाउने गरि पुर्पक्षका लागि मोरङ कारागार पठाउने र अन्य सबैलाई पक्राउ गर्न अदालतबाट आदेश भएको छ ‘अन्य १५ जनाप्रतिवादीलाई पक्राउपुर्जी जारी भएको छ ।’ तात्कालिन अवस्थामा रमेश साहसंग मिलेर भारतीयलाई नागरिकता बनाइदिने गरेको पोद्दारलाई साह वडा सदस्य निर्वाचित भएपछि धन्दामा सहज भएको थियो ।

जनप्रतिनिधिसाहको सहयोगमा २०७४ मा एक जना र २०७५ सालमा थप दुई जनाको नागरिकता सिफारिस भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर