• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 06:04 am

बाघको आक्रमणबाट नौ छाडा गाई मरे

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ । गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ वटा गाईलाई मारेको छ । वैजनाथ सामुदायिक वन क्षेत्रमा व्यवस्थित गर्न राखिएका गाईमाथि बाघले आक्रमण गरी मारेको वडा अध्यक्ष बहादुरसिंह महराले बताए । 

बाघले दिउँसोसमेत वन क्षेत्रमा चर्न पठाइएका गाईमाथि आक्रमण गरी मार्न थालेको छ उनले भने, “राति गाई राखेकै ठाउँमा छिरेर ठूलो नोक्सानी पु¥याउन थालेको छ ।” बाघ भगाउनका लागि गोठाला राखिएका भए पनि गाई जोगाउन निकै मुश्किल हुन थालेको उनले बताए । 

डमरुसहितको बाघ भएकाले भगाउन खोजे पनि भाग्नुका साटो उल्टै गोठालामाथि आक्रमण गर्न आउने गरेको छ । दुई साताअघि पनि ११ वटा गाई एकैरात बाघले मारेको थियो । नगरपालिका क्षेत्रमा छाडा छाडिएका गाई व्यवस्थापनका लागि सामुदायिक वनमा राखिएको छ । सामुदायिक वनका तीन ठाउमा झण्डै एक हजार गाईलाई राखिएको जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश ५ : स्थायी राजधानी ताेक्न र नामाकरणका लागि कांग्रेसको खबरदारी सभा

  • ३ माघ, २०७५

बुटवल । कांग्रेस रुपन्देहीले प्रदेश पाचको स्थायी राजधानी तोक्न र प्रदेशको नामाकरण गर्न दवाव दिन बिहिवार बुटवलमा दवाव मुलक कार्यक्रम स्वरुप खबरदारी

बाँकेमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु

  • ३ माघ, २०७५

बाँके । बाँकेको तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु भएको छ ।  आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर रहेका नरैनापुर,

कर्मचारीलाई प्रशिक्षण दिन काँग्रेस सभापति देउवा पोखरा आउने

  • ३ माघ, २०७५

पोखरा । नेपाल निजामति कर्मचारी युनियन संघ गण्डकीले पोखरामा सम्मान सहितको वृहत प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिबार पोखराको कोमागाने पार्कमा