पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोडको आइपिओ निष्काशन गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्राथमिक सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले आगामी तीन महीनाभित्रमा आइपिओ जारी हुने जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत भण्डारीका अनुसार कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । कम्पनीले आईपिओ निष्काशनका लागि आरबिबी मर्चेण्टलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

दश अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएको पुनर्बीमा कम्पनीले मंगलबार आफ्नो पाँचौं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनी अध्यक्ष भण्डारीले पुनर्बीमा कम्पनीले ७ अर्ब ५० करोडभन्दा बढी व्यापार गर्ने लक्ष्यका काम गरेको जानकारी दिए । 

कम्पनीको वार्षिकोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले किसानहरुलाई बीमाको पहुँचमा ल्याउनु पर्ने आवश्यकता औंल्याए । उनले किसानलाई बीमाको दायरामा ल्याउन लघु बीमामा जोड दिनुपर्ने बताए ।  

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले पछिल्लो पटक बीमामा सर्वसाधारणको पहुँच बढेर गएको बताए । उनले जीवन बीमामा ३१ र निर्जीवन बीमा १८ प्रतिशतले वृद्धि भएको जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर