• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:07 am

आज गाई, गोरु र गोवर्द्धन पूजा

काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन गाई, गोवर्द्धन, गोरुको पूजाआजा गरी धुमधामसँग मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । 

गोवर्द्धन पूजा 

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । 

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

इलाममा अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भिर, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  • ३ माघ, २०७५

काठमाडौं । इलाममा नौं दिनदेखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई उपचारको लागि काठमाडौं ल्याउने तयारी गरिएको छ

न्यायपालिका शुद्धीकरण अभियानमा प्रधानन्यायाधीश, नौ न्यायाधीशको सरुवा

  • ३ माघ, २०७५

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा उच्च अदालतका नौ न्यायाधीशलाई आज काज सरुवा गरेका छन्

‘टुटल’ र ‘पठाओ’लाई रोक्ने चाहना सरकारको छैन – प्रवक्ता बाँस्कोटा

  • ३ माघ, २०७५

काठमाडौं । सरकारले प्रविधिको प्रयोग गरेर मोटरसाइकलमार्फत भाडामा यात्रु ओसार्ने काम रोक्ने चाहना नभएको जनाएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना