• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

शंखधर न्याय र समानताका अभियान्ता : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक, राष्ट्रिय विभूति शंखधर साख्वा न्याय र समानताका अभियन्ता भएको उल्लेख गरेका छन् । 

नेपाल संवतको नयाँ वर्ष  ११३९ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । उनले साख्वा कै योगदानका कारण नेपालको मौलिक संवत नेपाल संवत प्रचलनमा आएको उल्लेख गरेका छन् । उनले शुभकामना सन्देशमार्फत साख्वाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको जनाएका छन् । 

प्रधानमन्त्री ओलीले नेपाल संवतको सुरुवात्को घटना नै प्रेरणादायी भएको सन्दर्भ पनि उल्लेख गरेका छन् । ‘शंखधर साख्वाः ले ११३९ वर्षअघि ऋणमा बाँधिएका गरिब किसानलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराउनु भएको थियो । त्यही बेलादेखि सुरु भएको नेपाल संवतले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउदै आएको छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘नेपाली समाजको गौरवशाली विगत र मूल्य मान्यतालाई अक्षुण्य राख्न समेत यो संवतले हामीलाई झक्झक्याउँदै आएको छ ।’

उनले शंखधरले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराएर स्वतन्त्रता दिलाएकै कारण उनी शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफल भएको बताए । उनले भनेका छन्, ‘काठमाडौ ंउपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने, नेपाल संवतका प्रवर्तक, समाज सुधारक तथा प्रगतिशील व्यक्तित्व शंखधरको विशेष स्मरण गर्न चाहन्छु ।’ 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर