• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

रोनाल्डोको गोलले जिताएन युभेन्टसलाई, म्यानचेस्टर च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सम्भावना कायम

एजेन्सी । युरोपियन क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले नकआउट चरण प्रवेश गर्ने सम्भावना कायम राखेको छ । बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टसमाथि रोमान्चक जित हात पार्दै म्यानयुले नकआउट चरण पुग्ने सम्भावना कायम राखेको हो ।

१.० ले पछि परेको म्यानयुले अन्तिम पाँच मिनेटको समयमा दुई गोल गर्दै युभेन्टसलाई स्तब्ध पार्यो । उसका लागि जुआन माताले ८६ औँ मिनेटमा गोल गर्दा ८९ औँ मिनेटमा युभेन्टसले आत्मघाती गोल उपहार दियो ।

क्रिस्टियानो रोनाल्डोले ६५ औँ मिनेटमा आफ्नो पूर्वक्लब विरुद्ध गोल गर्दै युुभेन्टसलाई अग्रता दिलाएका थिए । तर ८६ औँ मिनेटमा माताले फ्रिकिकमार्फत शानदार गोल गर्दै खेल बराबरीको स्थितिमा पुर्याए । त्यसको तीन मिनेटपछि पाउल पोग्बाले प्रहार गरेको फ्रिकिक युभेन्टसका एलेक्स सान्द्रोलाई छोएर गोल हुन पुग्यो । जितपछि समूह एचमा रहेको  म्यानयुको ७ अंक भएको छ । शिर्ष स्थानको युभेन्टसको ९ अंक छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर