उपचारका क्रममा कैदीबन्दी प्रसाईंको मृत्यु

झापा । लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ । झापा जिल्ला कारागारमा बिर्तामोड–७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतक प्रसाईंको दुवै मृर्गौला फेरिएको थियो । 

मृर्गौलापीडित प्रसाईंको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि मेची अञ्चल अस्पताल लगिएकामा बुधबार उपचारका क्रममा उनको मृत्यु भएको थियो ।प्रसाईंलाई उक्त मुद्दामा जिल्ला अदालतले १२ वर्ष कैद सजाय सुनाएको थियो ।

उनले २०७३ असोज १० गतेदेखि कैद भुक्तान गर्दै आइरहेको प्रनाउ श्रेष्ठले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर