• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

नेपाल संवतको असवरमा पोखरामा भिन्तुना र्याली

पोखरा  । नेपालीहरुको मौलिक संवत नेपाल संवत ११३९ को अवसरमा नेवा खलः कास्कीले पोखरामा भिन्तुना ¥याली निकालेको छ । दिपावली अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पुजाको दिनबाट नयाँ वर्ष प्राराम्भ हुने हुँदा हरेक बर्ष जस्तै यस वर्ष पनि पोखरामा भिन्तुना र्यालीमा निकालेको हो ।

नेवाःखलको आयोजनमा भएको ¥यालीमा विभिन्न जातजातीका झाँकी सहित पोखरा नगर परिक्रमा गरिएको थियो । ¥याली पोखराको टुडिखेलबाट शुरु भई पोखराको नेवा छेँ भिमसेन टोलमा पुगेर शुभकामना सभामा परिणत भएको थियो ।

भिन्तुना र्यालीमा बिभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरेका थिए । नेपाल संम्बद नेपाली जनताको छोराले चलाएको सम्बद भएका कारण यसलाई काम काजको सम्बद बनाउनु पर्ने संस्कृतीकर्मी तिर्थ श्रेष्ठले बताए ।

नेपालको मौलिक सम्बतका रुपमा रहेको नेपाल सम्बत राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् । साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौ, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल सम्बत चलाएका हुन् । सरकारले नेपाल सम्बतका प्रबद्र्धक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूती घोषणा गरेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर