• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

आर्थिक विकासको गतिलाई असाधारण तिव्रता दिइने छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताएका छन् ।तिहारका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले उक्त कुरा उल्लेख गरेका हुन् ।  सन्देशमा उनले जनताको पछौटेपन, अविकास र गरिबीको कुचक्रलाई तोडेर आगामी चार वर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘विगतमा गुमाइएका मूल्यवान् समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब असाधारण तिव्रता दिइने छ,’ सन्देशमा ओलीले भनेका छन्, ‘सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न हामी दृढ संकल्पित छौं ।’

हरेक नेपालीको मुहारमा खुसी ल्याउन निजी क्षेत्रलाई साथै लिएर सरकार अघि बढेको एन्ले उल्लेख गरेका छन् । यसै उद्धेश्यका लागि केही समयअघि आफ्नो अध्यक्षतामा उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित संस्था तथा वरिष्ठ व्यक्तिहरु सम्मिलित उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषद गठन गरिएको उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । 

प्रधानमन्त्री ओलीले देशलाई आर्थिक रुपान्तरणको मार्गमा अघि बढाउन अहिले उपयुक्त समय भएको उल्लेख गर्दै भनेका छन्, ‘देशमा राजनीतिक स्थायित्व कायम भइसकेको छ । सरकार सुशासनका निम्ति समर्पित छ । उत्तर दक्षिण दुवैतिरका छिमेकीसँगको सम्बन्ध सन्तुलित मात्र होइन झन् प्रगाढ बनेको छ ।’ ओलीले सन्देशमा हामीसँग सक्रिय जनसंख्याको बाहुल्यता रहेको बताउँदै यस अनुकूलतताका आधारमा देशलाई आर्थिक रुपान्तरणकोे मार्गमा अघि बढाउने जनाएका छन् । 

समृद्धिको प्रतीक लक्ष्मीपुजा र तिहारको अवसरमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न आ–आफ्नो क्षमताअनुसार योगदान पु¥याउन हरेक नेपालीलाई प्रेरणा मिलोस् भन्ने प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर