• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:09 am

छठको तयारी शुरु

महोत्तरी । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् ।

बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न सङ्घसंस्था र युवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाउन थालेका छन् । 

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।

मधेशी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ । ‘हामीले पनि प्रत्येक वर्ष छठ मनाउन थालेका छौँ,’ स्थानीयवासी रीता लामाले भने । घर, पसल र सार्वजनिक थलोमा छठ नजिकिएसँगै छठको गीत गुञ्जिरहेको छ । दीपावलीको दिनदेखि छठका गीत बजाउने क्रम बढेको छ । तिहार र छठ लगभग सँगसँगै शुरु भइसक्छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ग्यास खानीको अन्वेषण गर्न चिनियाँ परियोजना स्वीकृत

  • ३ माघ, २०७५

पाल्पा । नेपाल सरकारले ग्यास खानीको अन्वेषण गर्न एक चिनियाँ परियोजनालाई स्वीकृत गरेको छ ।  मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले पाल्पाको तानसेन र

पाल्पामा जन्ती बस दुर्घटना

  • ३ माघ, २०७५

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाको वडा नं. १ चिर्तुंगधाराको चिलांगदीको भित्रि सडकखण्डमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । पाल्पादेखि दांग

विकासनिर्माणको अनुगमन गर्दै महानगर प्रमुख

  • ३ माघ, २०७५

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रमा भइरहेका विकास निर्माणको अनुगमन गर्न लाग्नु भएको छ । शुरु भएका विकास निर्माणका