• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:07 am

तनहुँमा नयाँ पर्यटकीय गन्तव्य

दमौली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि तनहुँका दुई नयाँ पर्यटकीय गन्तव्य छनोट गरेसँगै सरोकारवाला हर्षित भएका छन् । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यका आधारमा तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद तथा शान्ति पार्क र भीमाद नगरपालिका–३ स्थित सिद्धगुफालाई नयाँ गन्तव्यका रुपमा छनोट गरेसँगै सरोकारवाला खुशी भएका हुन् ।

शान्ति पार्कलाई सरकारले नयाँ गन्तव्यमा छनोट गरेपछि आफूहरुलाई हौसला मिलेको पार्कका अध्यक्ष मोतीकुमार श्रेष्ठले बताउनुभयो । यस ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनसमेत टेवा मिल्ने विश्वास लिइएको उनले बताए। नयाँ गन्तव्यमा छनोट भएको शहीद तथा शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादीनदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र सो पार्क क्षेत्रभित्र पर्छ ।

दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने यस पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसहित विभिन्न संरचनाहरु निर्माण गरिएको छ । यहाँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट, गलेखामकोटलगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ । त्यस्तै भीमाद नगरपालिकास्थित सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष दधीराज सुवेदीले पनि सरकारले गुफालाई नयाँ गन्तव्यमा छनोट गरेपछि खुशी व्यक्त गर्नुभयो । नयाँ गन्तव्यमा छनोट भएसँगै गुफाको विकासमा सहयोग पुग्ने उनको भनाइ छ । 

ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्वको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । दुई सय मिटर लामो यो गुफा उचित प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको छ । चार तला रहेको गुफाको करीब ३० मिटरभित्र पसेपछि पहिलो तलामा २०० जना अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० जना मानिस अट्न सकिन्छ । प्रत्येक तलामा झुकेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तलाको ढोका भने चुनको रसायनले बन्द भएको छ । 

जिदी खोलाको किनारको घनाजङ्गल क्षेत्रमा रहेको गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँढ, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति स्पष्ट देख्न सकिने स्थानीयवासी बताउँछन् । तनहुँको व्यापारिक केन्द्र भीमाद बजारबाट आधा घण्टा मोटरयात्रापछि २० मिनेट पैदलयात्रामा गुफा पुग्न सकिन्छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ग्यास खानीको अन्वेषण गर्न चिनियाँ परियोजना स्वीकृत

  • ३ माघ, २०७५

पाल्पा । नेपाल सरकारले ग्यास खानीको अन्वेषण गर्न एक चिनियाँ परियोजनालाई स्वीकृत गरेको छ ।  मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले पाल्पाको तानसेन र

पाल्पामा जन्ती बस दुर्घटना

  • ३ माघ, २०७५

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाको वडा नं. १ चिर्तुंगधाराको चिलांगदीको भित्रि सडकखण्डमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । पाल्पादेखि दांग

विकासनिर्माणको अनुगमन गर्दै महानगर प्रमुख

  • ३ माघ, २०७५

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रमा भइरहेका विकास निर्माणको अनुगमन गर्न लाग्नु भएको छ । शुरु भएका विकास निर्माणका