• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेकपाकाे राजनीति निकै भ्रष्टिकरण भयाे–प्रवक्ता श्रेष्ठ

देशको नेतृत्व गरिरहेको सरकार र सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला केही आन्तरिक विवाद र बहसबाट गुज्रिरहेको छ । पार्टी एकता स्थानीय तहसम्म पुग्न सकेको छैन  । सरकारले गरेका काम कारबाही बारे पनि अहिले नेकपा भित्रै गंभिर आलोचनासहितका टिका टिप्पणी हुन थालेका छन् । नेकपा भित्रको यो बसहको किनारा कहिले लाग्छ ? बलियोे कम्युनिष्ट पार्टीले चलाएको सरकारले जनतालाई दिने डेलिभरीमा कहिले सुधार आउँछ ? यीनै विषयवस्तुमा केन्द्रीत भएर समाचार दैनिक डटकमले तत्कालिन एमाले र माओवादी केन्द्रको एकताका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका नेकपाका प्रवक्ता  नारायाणकाजी श्रेष्ठसँग कुराकानी गरेको छ । 

नेकपाले नेतृत्व सरकारको गरिरहेको सरकारको कामप्रति तपाई कतिको सन्तुष्ट हुनुहुन्छ ?
यो सरकारबाट नेपाली जनता र देशले ठूलो अपेक्षा गरेको छ र यो सरकार हर हालतमा आफ्नो उदेश्यमा सफल हुनुपर्छ । यसअर्थमा हामीले अझ धेरै गर्न बाँकी छ । यो सरकार गठन भएसँगै नेपाली समाज नयाँ युगमा प्रवेश गरेको छ ।

हामीले यो भन्दा अगाडि ठूलो संघर्ष गरेर राजनीतिक पविर्तन गर्यौ । राजनीतिक उपलब्धिहरुलाई संविधान मार्फत संस्थागत गर्यौ । अब संविधान कार्यान्वयनको चरणमा छौं । संविधान कार्यान्वयन राजनीतिक उपलब्धिलाई माध्यम बनाएर नेपाली समाजको अग्रगामी रुपान्तरण गर्नु वा समृद्धि हासिल गर्नु र समृद्धिको प्रतिफल आम जनतालाई पुर्याउनु रहेको छ । त्यसलाई हामीले सामाजिक न्याय सहितको समृद्धि वा समाजवाद उन्मुख समृद्धि पनि भनेका छौं । अहिले हाम्रो लक्ष्य यही हो । हामीले लिएको यो लक्ष्य अहिले पुरा गर्न सकेनौं भने हाम्रोे पार्टी मात्रै असफल हुँदैन, सिंगो नेपाल असफल हुने खतरा छ ।

नेपालमा ठूलो फर्सटेशन पैदा हुन्छ । फर्सटेशनबाट राष्ट्रियतामाथि खतरा हुन्छ । अहिले अपेक्षा गरे अनुसार र लक्ष्य राखे अनुसार काम भइराखेको छ भन्दा अहिले सकारात्मक पहलकदमी बढाइराखेको छ तर सन्तुष्ट भएर बस्ने स्थिती छैन् । यसको कामलाई अझ बढी लक्ष्यमूखि, प्रभावकारी र परिणाममुखि बनाउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता छ । 

यसको अर्थ तपाई सरकारका काम कारवाहीबाट सन्तुष्ट हुनुहुन्न ?
केही सकारात्मक पहलकदमी सरकारले गरेको छ  । जस्तो नेपालको सन्दर्भमा स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्दै छिमेकी मित्र राष्ट्रहरुसँग नेपालको राष्ट्रिय हित, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र हितलाई केन्द्रबिन्दुमा राख्दै सम्बन्ध स्थापित गर्न र त्यो आधारमा सम्बन्ध परिचालन गर्न यसले सफलता हासिल गरेको छ । अ

र्कोतिर, पार्टीको एकता हुँदा र अहिले पार्टीको काम कारबाहीबाट यहाँ सन्तुष्ट हुनुहुन्छ ? पार्टीको त प्रारम्भिक काम नै हामीले गर्न सकेका छैनौं । पार्टीको पहिलो काम, पार्टी एकता गरिसकेपछि सांगठानिक एकता गर्नु हो । हामीले केन्द्रिय समिति त बनायौं, स्थायी समिति बनायौं, सचिवालय बनायौं ।

तर हामीले त्यसपछाडि गर्नुपर्ने सांगठानिक एकिकरणको काम, प्रदेश कमिटीको गठन, जिल्ला कमिटिको गठन, गाउँ कमिटि, नगर कमिटीको गठन, प्रारम्भिक कमिटिको गठन, विभाग, आयोगहरुको गठन गर्न सकेका छैनौं । यस्ता काम एकीकृत गरेर गर्नु पर्ने हो । एकीकरणको प्रक्रिया नै पुरा भएको छैन् ।

त्यसकारण पार्टीलाई जुन ढंगले सञ्चालन गर्नु पर्ने हो, जुन नयाँ पार्टी बनाउने भनेर हामीले सोच बनाएका छौं । त्यो सफलताको दिशातिर अगाडि बढ्न हामीले धेरै काम गर्नुपर्नेछ । हामीले प्रारम्भिक काम नै समयमा ठीक ढंगले गर्न सकेका छैनौं ।

त्यसको निम्ति हमाीले आत्मा आलोचना गर्नुपर्छ । त्यसको निम्ति हामी नेतृत्व नै दोषी छौं । सचिवालयले त्यसको जिम्मेवारी लिनुपर्छ । अब कामलाई तिव्रतापूर्वक अगाडि बढाउनुपर्छ । 

पार्टी संचालनका विषयमा पनि तपाई लगायतका वरिष्ठ नेताहरु सन्तुष्ट नभएको कुरा सार्वजानिक रुपमा आएको छ । आखिर समस्या चाँही के मा देखियो ?
पार्टीको काम कारबाहीको कुरा गर्दा अहिले धेरै कुराको अपेक्षा भन्दा पनि कमसेकम पार्टीको सांगठानिक एकीकरण हुनुपर्ने हो भन्ने मेरो भनाई हो । सिंगो पार्टीको संयन्त्रलाई एक ठाउँमा त ल्याउनु पर्यो । अहिले पार्टीका संयन्त्र, पार्टी कार्यकर्ता नेतृत्व बिहीन अवस्थामा छन् ।

यस्तो हुनु भनेको अत्यन्त विडम्बना र निराशाजनक अवस्था हो । यसको निम्ति अरु कसैलाई दोष दिने भन्दा पनि यसको कारण भनेको हामीले प्राथमिकता दिन सकेनौं र गम्भिर बन्न सकेनौं । हामीले तीन महिनाको अवधिमा यो काम गरिसक्नु पर्नेमा पाँच महिना बितिसक्दा पनि हुन सकेका छैन् । 

तपाइ लगायत उपल्लो तहका नेताहरुले पार्टीका कामकारबाहीप्रति लिखित र मौखिक रुपमा नै नोट अफ डिसेन्ट लेखेका छन् । किन ?
पार्टी एकता दुई वटा लक्ष्यलाई केन्द्र बिन्दुमा राखेर गरेका थियौं । एउटा हामीले हजारौंको सहादत हुने गरी गरेको ठूलो बलिदानीपूर्ण संघर्ष, हजारौं घाइते र हजारौं बेपत्ताको परिणाम स्वरुप आएको राजनीतिक परिवर्तन भएको छ ।

जसले राजनीतिक रुपमा राजतन्त्रात्मक राजनीतिक व्यवस्थालाई अन्त्य गरेर संघीय लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौं । त्यस्तै अर्को सामाजिक आर्थिक रुपमा समाजवाद उन्मुख समावेशी लोकतन्त्र, त्यसलाई संस्थागत रुपमा लागू गरेका छौं । तर जनताले यसबाट के पायौैैैैैैं भन्ने कुरामा जनताले केही अनुभुत गर्ने काम गरौं र त्यसपछि रणनीतिक रुपमा समाजवाद उन्मुख लक्ष्य पुरा गर्न तर्फ अगाडि बढौंला भनेर किटान गरेका छौं ।

अब त्यो लक्ष्य हासिल गर्नका निम्ति सबै कम्युनिष्टहरु एक ठाउँमा बसेर तात्कालिन र रणनीतिक लक्ष्य हासिल गर्नु दुई वटा काम गर्नुपर्ने हुन्छ  ।  एउटा बैचारिक राजनीतिक कार्यदिशालाई नयाँ चरणमा लैजान अझ स्पष्ट पारौं किनभने ६ सालमा पार्टी स्थापना देखि पूँजीवादी जनवादी क्रान्तिको कार्यदिशा आधारभुत रुपमा पुरा भएको र अब हामीले नयाँ कार्यदिशा पुरा गर्नु पर्नेछ । 

नयाँ कार्यदिशाको मोटामोटी खाका मात्रै तय भएको छ जुन पर्याप्त छैन् । हामीले माक्सवादको पनि विकास गर्नुछ, राजनीतिक कार्यदिशाको पनि विकास गर्नुपर्छ । संगठनात्मक कार्यदिशालाई पनि विकास गर्नुपर्ने छ । त्यसकारण हामीले वैचारिक राजनीतिक कार्यदिशा अब एतिहासिक चरणका लागि हामीले विकास गरौं । त्यसका लागि अध्ययन, छलफल, बहस गरौं । 

दोस्रो जसरी क्रान्तिले एउटा चरण पार गरेर ऐतिहासिक रुपले हामीहरु समाजवादी क्रान्तिको चरणमा छौं । २००६ सालमा स्थापना भएको पार्टीले टुट फुट पुर्नगठन संयुक्त मोर्चा सहकार्य गर्दै सामन्तीवादी क्रान्तिलाई आफ्नै मौलिक रुपमा रुपान्तरण गरेर एउटा चक्र पुरा गरेको छ ।

चक्र पुरा गरेको अवस्थामा हामी अब नयाँ पुर्नगठनको तयारीमा छौं । पुर्नगठन गर्ने भन्दै गर्दा केको आधारमा पुर्नगठन गर्ने भन्ने भन्दा अगाडि भनेको दुईवटा कार्य दिशा वैचारिक राजनीतिक कार्य दिशा र सोका आधारमा पार्टीको पुर्नगठन गर्नु पर्दछ । हामीले पार्टी एकता पनि त्यसकै आधारमा गरेका हौं ।

त्यसरी हेर्दा हामीले अहिले चारवटा काम गर्नुपर्नेछ । सांगाठानिक एकीकरणको काम गर्नु पर्ने त्यो पनि सकेनौं । दोस्रो र मुख्य काम यो सरकारलाई हर हालतमा सफल बनाउनु पर्ने, यो सरकारलाई असफल बनाउन दिने छुट छैन्  । त्यसकारण अहिलेको सरकारलाई सफल बनाएर मात्रै अहिलेको ऐतिहासिक कार्यभार पुरा हुन्छ । 

त्ोस्रो कुरा हाम्रो कम्युनिष्ट आन्दोलन र अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका आधारमा पार्टीलाई विधि, प्रक्रियामा जनवादी केन्द्रीयताका अभ्याससहित संस्थागत ढंगले एकदम अगाडि बढ्नु पर्दछ ।

त्यस्तै पार्टीको राजनीति निकै भ्रष्टिकरण भएको छ । हामीले वैचारिक राजनीतिक ढंगले पार्टीलाई जुन उचाइमा पुर्याएका छौं । जुन विश्वमा नै सर्वश्रेष्ठ देखिने गरी हासिल गरेको छ । त्यस्तै भ्रष्टिकरणमा नै विश्वमा नै अगाडि जाला जस्तो देखिएको छ । तेस्रो भनेको विधि पद्धतीलाई संस्थागत ढंगले सञ्चालन गर्ने, अर्को भ्रष्टिकरणको विरुद्ध शुद्धिकरणका आन्दोलन अगाडि बढाउने हो ।

त्यस्तै जनतासँग जोडिएर नयाँ कार्यशैलीको विकास गर्ने । यो तीनवटा कामलाई हामीले संगसँगै जोडेर लैजानु पर्दछ । चौथो चरणमा हामीले महाधिवेशनमा गएर ठूलो बहसबाट माक्सवादको विकास, राजनीतिक कार्यदिशाको विकास र त्यसका आधारमा पार्टीको पुनर्गठन गर्दछौं । 

केही बरिष्ठ नेताहरु पार्टीभित्र जमिन्दारी प्रथा छ र यसका विरुद्ध संघर्ष गरिरहेको छु भन्छन् नि ?
अहिले म जमिन्दारी प्रथा त भनिहाल्ने पक्षमा छैन् । तर हाम्रो पार्टी अहिलेसम्मका पार्टीको नकारात्मक विरासत बन्ने पार्टी बनेको छ । जहाँ पार्टी विधि प्रक्रिया विपरित सञ्चालन हुन्छन् र संस्थागत नीति नियमका आधारमा चल्दैनन् ।

यो कुरा हाम्रो पार्टीमा पनि छ । मैले सचिवालयको बैठकमा पनि छलफलका लागि उठाएको छु । हामीले अन्तर्राष्ट्रिय कम्युनिष्टको समिक्षा गर्दा पहिलाका दुवै पूर्व पार्टीहरुले के भने–भने हामीमा प्रतिक्रान्ति हुनुमा के होला त आत्मगत क्रान्तिहरु भन्दा हामीले जनवादको अभ्यासमा कमजोरी भयो । त्यो तीनवटै क्षेत्रमा जनवादको अभ्यासमा कमजोरी भयो । एउटा अन्र्तपार्टी जनवाद, अर्को संगठनमा विचारको कुण्ठितपनाको स्थिती, अर्को राज्यसत्ता सञ्चालनका क्रममा आम जनताको संस्थागत सहभागितामा कमजोरी छ ।

यो तीनवटा क्षेत्रमा कमजोरी भएका कारणले यसलाई सच्याउनु पर्छ भनेर मदन भण्डारीको नेतृत्वमा बहुदलिय जनवादको अवधारणा । त्यसको पनि सारतत्वमा जनवादको अभ्यासमा कमजोरी भयो । त्यसलाई सच्याउनु पर्छ । हामीले २१ औं शताब्दीको जनवाद भन्यौं त्यसको पनि सारतत्व जनवादको अभ्यासमा कमजोरी भयो ।

त्यसलाई सच्याउनु पर्छ भन्ने नै हो । निष्कर्ष त हामीले सही निकालेका हौँ तर पार्टी तथा सरकार सञ्चालनमा जनवादलाई जुन गहिराईमा लैजानु पथ्र्यो त्यो चाँही हुन सकेको छैन् ।

धेरैजसोले तपाईहरुले पार्टीको नेतृत्व र सरकारप्रति लगाएको आरोप सही होइन, यी असन्तुष्टिका पोका मात्रै हुन भन्ने पनि छन् नि ?
यो एकदमै सरल छ र कसैलाई दोष दिने भन्दा पनि सामूहिक जिम्मेवारी लिने कुरा हो । आज ५ महिनाको अवधिमा पार्टीका प्रदेश, जिल्ला, स्थानीय लगायतका कमिटी एकीकरण हुन सकेको छन् । त्यो कमजोरी होइन ।

त्यसमा पनि कमिटी एकीकरणका लागि बनाइएको कार्यदलले प्रदेश वा जिल्लाको सदस्य चयन गर्दा विगतको कमिटीसँग समन्वय नगरी आफैं तयार गर्ने परिपाटी छ । यस्तोे पनि जनवाद हुन्छ । वेस्ट डेमोक्रेसी दिन्छौं भनेका हामीले पार्टीमा नै लागू गर्न सक्दैनौं भने जनतालाई कसरी दिन सक्छौं ? सरकारले गरेको एउटै मात्रै राम्रो काम हामी भन्न सक्ने अवस्थामा छैनौं । कमसेकम अरु नसकेपनि भ्रष्टचार मात्रै रोक्न सके पनि त कम्युनिष्ट सरकारले भ्रष्टचार रोक्न सक्यो भनेर शिर ठाडो गरेर भन्न सकिन्थ्यो नि, त्यो पनि छैन् । 

केही सकारात्मक पहल कदमी भने गरेको छ । जस्तो राष्ट्रियताको सबालमा, स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने कुरामा, आफ्नो निर्णय आफैंले गर्ने सबालमा सकारात्मक पहल कदमी गरेको छ । चीन र भारतसँग समान मैत्रीपूर्ण सम्बन्ध कायम गर्न सकेका छौं ।

त्यो सकारात्मक र राष्ट्रिय हितमा छ । दोस्रो संविधानले जुन प्रावधान राखेको छ र त्यसलाई कार्यान्वयन गर्न कानुनहरु बन्नु पथ्र्यो । त्यसमा पनि मौलिक अधिकारको सबालमा असोज ३ गतेभित्र नै तयार भइसक्नु पथ्र्यो ।

सरकारको ध्याननै त्यतातिर गयो । हामी पहिलो पटक संघीयतामा गएका छौं । संघीयतामा गइसकेपछि यसको प्रादेशिक र स्थानीय कानुनहरु बनाउनु पथ्र्यो । प्रशासकको पुर्नसंरचना गर्नु पथ्र्यो । त्यसको पहलकदमी अगाडि बढाउनु पथ्र्यो । त्यो पुरा भएको छैन् यद्यपी यसतर्फ सकारात्मक पहल कदमी अगाडि बढाएको छ । यी तीनवटा काम सरकारले अगाडि बढाएको छ । 

त्यसपछि दिर्घकालिन विकास र जनताको अपेक्षालाई केन्द्रबिन्दुमा राखेर तत्काल राहत र रणनीतिक विकास योजनाको सन्दर्भमा हामीले गर्न बाँकी छ । हामीले तीनवटा जुन विकासका बाधक भन्यौं त्यो पार गरेका छौं ।

हामीले निरंकुश राजतन्त्रको अन्त्य गरेर राजनीतिको एक अध्याय पुरा गरेका छौं । दोस्रो ११ वर्षसम्मको राजनीतिक संक्रमणकाल मूलत अन्त्य गरेर संविधान निर्माण गरी कार्यान्वयनको चरणमा छौं । तेस्रो कुरा, अस्थिर राजनीतिक अवस्था अन्त्य हुने गरी हाम्रो पार्टीको पहलकदमी र जनताको व्यापक सहभागितामा दुई तिहाई जनमत प्राप्त सरकार निर्माण गर्न सफल भएका छौं ।

अब भनेको जनताले प्रत्यक्ष अनुभत गर्न सक्ने समृद्धि दिन सक्नुपर्ने हुन्छ । त्यसका निम्ति पनि एउटा फलामे ढोका हामीले पार गर्नुपर्दछ । त्यो भनेको व्यापक भ्रष्टचार र कुशासन । यो नछिचल्ने हो भने जतिसुकै कुरा गरेपनि समृद्धिको दिशामा पुग्नै सकिदैंन । 

संघीयता र गणतन्त्रका खातिर आन्दोलन गर्दै गर्दा हिजो बाँडिएका सपना र आज यहाँहरुले गरेको व्यवहार तुलना गर्दा कम्युनिष्ट भन्छन एउटा गर्छन अर्को भन्ने भनाई पुष्टी भयो होईन ?  
त्यो आलोचना भ्रमात्मक हो, किन आलोचना गरेको भनेर भन्ने अवस्थामा छैन् । हामीले जनता, सचेत जनसमुदायको आलोचनालाई सकारात्मक रुपमा लिनु पर्दछ  । तर हामीले गरेका कामबारे बुझाउनु पनि पर्दछ ।

अब विस्तारै भ्रष्टचारको विरुद्ध प्रभावकारी कदम चालेर सुशासन स्थापित गरेर हामी समृद्धिको दिशामा पुग्छौं । त्यो दिशामा पुग्नलाई हामी व्यवहारमा नै प्रभावकारी स्टेप चालेको देखिनुपर्दछ । यो अवधिमा अहिलेको सरकारको मूल्यांकनको पर्याप्त समय होइन ।

हामीले गरेका राम्रा काम गरेर जानकारी गराउँदै साथै कतिपय गर्न नसकेका कामप्रति आत्मा आलोचित हुँदै भ्रष्टचार विरुद्ध र सुशासन स्थापित गर्ने अभियानलाई अभियानकै रुपमा अगाडि बढाउनु पर्दछ । 

तपाईले भने जस्तो कामको सुरुवात कहाँबाट हुनुपर्दछ ?
सरकार र पार्टी दुवैबाट हुनुपर्दछ । सरकारमा हुनेहरुले आफूलाई स्वच्छ बनाउने र आफ्नो स्वच्छताको नैतिक मूल्यको बलमा भ्रष्टचारविरोधी अभियान चलाउने र पार्टीमा पनि त्यही लिडरसिप टिमले आफुलाई स्वच्छ बनाउने सांस्कृतिक रुपान्तरणको प्रक्रिया अगाडि बढाउने र माओले भने जस्तै क्रान्तिको  पहिलो निशान आफैं बन्ने र अगाडि बढ्ने काम गर्नुपर्दछ । अन्यथा केही काल बामपन्थी पार्टी रहन सक्छ त्यसपछि बामपन्थी पार्टी नरहन पनि सक्छ  ।

यसको सुरुवात कसरी हुन्छ, पार्टीको स्थायी समितिको बैठक या मन्त्रीको फेरवदल ?
सांगठानिक एकीकरणको काम पुरा गर्ने पहिलो काम गर्नुपर्नेछ । सचिवालयको बैठक बसेर यो काम पुरा गछौं । दोस्रो संसद र सरकार सञ्चालनका लागि पार्टीले लिएको अबको कार्ययोजना बारे छलफल हुन्छ ।

भ्रष्टिकरणको अन्त्यको संभावना कतै न कतै देख्नुहुन्छ या भ्रष्टिकरणले यहाँको पार्टी र सरकार नै समाप्त गर्ने हो ?

म्भावना छ, हाम्रो लाखौं नेता कार्यकर्ता छन् र विश्वले पनि आशाको नजरले हेरिराखेको छ । बहुदलीय प्रतिष्पर्धामा यत्रो शक्ति सामथ्र्य सहित कम्युनिष्ट पार्टी पहिलो बनेको छ । यसले प्राप्त गरेका अभूतपूर्व सम्भावनालार्ई समातेर तत्काल समृद्धिको कार्यभार पुरा गर्नुपर्ने हुन्छ ।

समृद्धिका कार्यभार साथै समाजवादको रणनीतिक लक्ष्य पुरा गर्नका लागि पार्टीलाई रुपान्तरण नगरी हुँदैन । रुपान्तरित पार्टीले मात्रै यी दुवै कार्यभार पुरा गर्न सक्दछ । रुपान्तरण भन्नाले एउटा वैचारिक राजनीतिक स्तर उठाउनु पर्यो । अर्को सांस्कृतिक रुपान्तरणको अभियान चलाउनु पर्यो । चुरो रुपमा भन्दा अहिलेको कम्युनिष्टको आवश्यकता भनेको वैचारिक राजनीतिक सांस्कृतिको रुपान्तरणको आन्दोलन हो । 

कम्युनिष्टले देखेको र बाँडेको सपना त्यसअनुसार यहाँहरुले पाउनु भएको मत र त्यो मत अनुसार जनतालाई गर्नुपर्ने सम्मान र यहाँले भनेको जस्तो बाटोमा कुन मितिमा जान्छ ?
सांगठानिक एकीकरणको काम सँगसँगै यो पार्टी संसद र सरकारको समिक्षा र नयाँ कार्य योजनाको एजेण्डा बनाएका छौं ।

यसअनुसार हामीले एकातिर पार्टीको सांगठानिक एकीकरणको प्रक्रिया पुरा गछौं र अर्कोतिर सरकारका कामकारवाहीलाई अझ प्रभावकारी र परिणाममुखि बनाउने तर्फ लाग्छौं । पार्टीको महाधिवेशन सम्म पार्टीलाई एउटा उचाइमा पुर्याउने र त्यो अवधिमा सरकारले पनि परिणाम दिने बनाउँछौं । 

अन्त्यमा, पार्टी वा सरकारको नेतृत्व परिवर्तन हुन्छ भन्ने छ नि ?
सरकारको नेतृत्व परिवर्तन गर्ने भन्नेमा हामी छैनौं, त्यो आवश्यकतामा भर पर्ने कुरा हो ।  अहिले भनेको हाम्रो पार्टीको सरकार सफल बनाउ भन्ने नै हो । यो समयमा नेतृत्व फेर्ने वा नफेर्ने भन्दा पनि अहिले हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकार जुनसुकै हालतमा पनि सफल बनाउनु पर्छ र असफल हुने छुट छैन भन्ने नै हाम्रो भनाई हो । 

छुट छैन भन्दाभन्दै सरकार यदी असफलताको बाटोतर्फ गयो भने नेपालको कम्युनिष्ट पार्टीको भविष्यसँगै देशको हितमा समेत छैन भनिन्छ नि ?
एकदमै सही कुरा हो, यसर्थ यो सरकार असफल हुने छुट छैन । सरकार असफलता तिर जान हामी दिंदैनौं  र हामी सरकारलाई हर हालतमा सफल बनाउँछौं । 

पार्टी नेतृत्व अर्थात आगामी महाधिवेशन सहमतिका आधारमा हुन्छ या निर्वाचन हुने, के देख्नुहुन्छ ?
एकता पछिको पहिलो महाधिवेशन भएका कारणले मुल स्प्रिड सहमति नै हुन्छ । राष्ट्रिय महाधिवेशन महाधिवेशन नै हुने भएको हुनाले त्यसलाई नै अवमूल्यन हुने गरी अहिले नै यही हो निर्णय भन्नु उपयुक्त हुँदैन । 

सतहमा चर्चामा आएजस्तो माधव कुमार नेपाल वा प्रचण्ड भन्ने पनि छ ?
यस विषयमा हामी छलफल गर्दै जान्छौं । यो सबै चुनौतीलाई सकारात्मक ढंगले समाधान गर्छौ । 
 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर