• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पेरिसमा ‘गोर्खाली देउसी-भैली कार्यक्रम २०१८’ सम्पन्न

पेरिस । ‘गोर्खाली समाज फ्रान्स’ले पेरिसमा देउसी-भैली कार्यक्रम २०७५ (२०१८) भव्य रुपले सम्पन्न गरेको छ । आफ्नो स्थापना कालको  ८/९ महीनामा गोर्खाली समाजले तीन भव्य कार्यक्रम सम्पन्न गरिसकेको छ ।   

गतः जुलाई महिनाको प्रारम्भमा वनभोज (बर्बक्यू)को माध्यमबाट समाजको पहिलो परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो । जुलाइकै अन्तिममा नेपालका पूर्वप्रधानमन्त्री एवं गोरखाका सांसद डा. बाबुराम भट्टराई र गैर आवासीय नेपाली संघका अन्तराष्ट्रिय अध्यक्ष गोर्खाली भबन भट्ट सँग संयुक्त अन्तर्क्रिया कायक्रम पनि सम्पन्न गरेको थियो । 

११ नोभेम्बर, आइतबारका दिन ‘गोर्खाली देउसी भैलो कार्यक्रम २०१८’ संस्थाका उपाध्यक्ष श्री रामेश्वर श्रेष्ठको घरमा सम्पन्न भएको छ । गोर्खाली समाजले कार्यक्रममा सबै नेपाली संघ(संस्था लगायत फ्रान्सवासी नेपालीहरुलाई निमन्त्रणा गरी पहिलोपटक पेरिसमा गोर्खाली देउसी-भैलो कार्यक्रम सम्पन गरेको हो । तिहार विशेष विभिन्न नेपाली खानेकुरा, भैलीनीहरुको देउसिरे गीत र नाचगानका साथ कार्यक्रम भव्य र सफल भएको थियो। 

विभिन्न चार्ड-पर्वमा कला संस्कृतिको जगेर्ना गर्न र संस्थाको आपतकालीन कोषमा आर्थिक संकलन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा लगभग १ हजार ५ सय १० युरो संकलन भएको संस्थाका कोषाध्यक्ष नानु देवकोटाले जानकारी दिए ।

कार्यक्रममा एन आर एन ए फ्रान्सका संस्थापक अध्यक्ष तथा गोर्खाली सामाज फ्रान्सका अभिभावक हरिहर अर्याल, सल्लाहकार  एवं एकता समाज फ्रान्सका पूर्व अध्यक्ष सुक गुरुङ, सल्हाकार एवं एन आर एन ए फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्याल, एन आर एन ए फ्रान्सका पूर्व उपाध्यक्ष  हरि सापकोटा,  एन आर एन फ्रान्सका अन्तरास्ट्रिय समन्व परिषदका पूर्व सदस्य मिन जी सी, नेपाली साँस्कृतिक गृहका अध्यक्ष  हेमन्त उपाध्याय, नेपाली एकता समाज फ्रान्सकी महासचिब डोल्मा तामाङ, तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्तिथिती रहेको थियो ।  

गोर्खाली समाज साँस्कृतिक समूहका सुजन बानिया, सुजन राज भट्ट, रोशनी हमाल बानिया र कुल ब. लामा तथा साथीहरुको बेजोड देउसी-भैलो तथा साँस्कृतिक  प्रस्तुती रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिब राजेन्द्र बाबु श्रेष्ठले गरेका थिए । 

यस्तै, शुभद्रा श्रेस्ठ, संजीब देवकोटा, दीपक मगर, सुजन भट्टराई, रवीना सिंखड़ा, सामुन राई, सुक गुरुङका परिवारले खाना र मिठाई बनाई कार्यक्रमलाई भव्य बनाउन सहयोग गरेका थिए । 

वि. स. २०३४ सालमा गोरखा बजारमा जन्मिएर २०७४ मा पेरिसमा परलोक भएका स्वर्गीय गोर्खाली युवक उमेश अर्यालको चीर स्मृतिमा उनका परिवारले  समाजलाई आवश्यक पर्ने बाध्य(बादन तथा म्युजिक सिस्ट्म खरीदका लागि चार सय युरो प्रदान गरेका छन् ।

अध्यक्ष सुरेन्द्र काप्रीले दक्षिणा दिने तथा उपस्थित सवैलाई हार्दिक धन्यवाद दिदै आउने वर्ष अझै भव्य देउसी कार्यक्रम गर्ने बताउँदै कार्यक्रम समापन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर