• आइतबार ९-१-२०७५/Sunday 12-16-2018/ 11:09 pm

दोश्रो पटक युएइ पुगे इमरान खान

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स (युएइ) पुग्नु भएको छ । 

युएइका युवराज तथा सरकारी सेनाका उप सर्वोच्च कमाण्डर शेख मोहमद बिन जायद अल नायेडको निमन्त्रणामा उनी युएइ गएका हुन् ।

प्रधानमन्त्री खानको भ्रमण टोलीमा विदेशमन्त्री, अर्थ मन्त्री, पेट्रोलियम मन्त्री, ऊर्जा मन्त्री र सल्लाहकारहरु पनि रहेका छन् । 

युवराजसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री खानले दुई पक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दामा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

पाकिस्तानी प्रधानमन्त्री खानले युएइका प्रधानमन्त्री शेख मोहमद बिन रशिद अल मख्तुमसँग पनि भेटवार्ता गर्ने भएका छन् । 

प्रधानमन्त्रीमा निर्वाचित भएपछि खानको यो दोस्रो युएइ भ्रमण हो । यसअघि उनले गत सेप्टेम्बर १९ मा युएइको भ्रमण गरेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पत्रकार खाशोग्जी हत्या प्रकरणबारे ‘विश्वसनीय’ छानविन गर्न राष्ट्रसंघको आग्रह

  • १ पौष, २०७५

दोहा । संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार

आगलागीमा ६ बालबालिकाको मृत्यु

  • १ पौष, २०७५

मस्को । रुसका विभिन्न शहरमा घरमा भएका आगलागीमा परेर छ बालबालिका सहित दश जनाको मृत्यु भएको रुसी सञ्चार माध्यमहरुले जनाएका छन् ।  उराल पर्वतको

इरानसँगको सीमाक्षेत्रमा आफ्ना सेना मारिएपछि पाकिस्तानको विरोध

  • १ पौष, २०७५

इस्लामाबाद । इरानसँगको सीमाक्षेत्रमा गस्तीमा रहेका पाकिस्तानी सेनालाई इरानमा सक्रिय लडाकूहरुले बारुदी सुरुङ (एम्बुस)मा पारेर हत्या गरेको भन्दै