प्रदेश ५ मा स्वस्थ्य क्षेत्रमा ४० प्रतिशत जनशक्ति कम

बुटवल । प्रदेश नम्बर ५ का सरकारी अस्पतालहरुमा जनशक्तिदेखि विभिन्न समस्या झेल्नुपरेको सरोकारवालाहरुले बताएका छन् । प्रदेश स्तरीय वार्षिक स्वास्थ्य समिक्षा तथा योजना तर्जुम ागर्ने क्रममा स्वस्थ्य क्षेत्रमा सुधार ल्याउन सबै संयन्त्रहरु प्रभावकारी रुपमा अगाडी बढाउनुपर्ने निष्कर्ष समेत निकालिएको छ । 

स्वस्थ्य क्षेत्रका विभिन्न समस्याहरु समाधान गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता पनि औल्याइएको छ  । प्देशमा रहेका १६ वटा अस्पताल आयुर्वेदका ११ वटा औषधालय, २० वटा साझेदार सस्थाहरु, प्रदेशमा रहेका मेडिकल कलेज देखि सामुदायीक अस्पतालसहितका प्रतिनिधिहरुको सहभागितामा दुइदिन सम्म चलेको समिक्षा कार्यक्रममा सेवा प्रवाह प्भावकारी वनाउनुपर्नेमा जोड दिइएको थियो । 

दुईदिने कार्यक्रममा समुहगत छलफल गरी निष्कर्ष समेत प्रस्तुत गरिएको थियो । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्साद ज्ञवाली, स्वस्थ्य सेवा विभागका महानिर्देशक डाक्टर गुणराज लोहनी, स्वस्थ्य आपतकालिन तथा विपत ब्यवस्थापन केन्द्का प्रमुख चुरामणि भण्डारी, आयुर्वेद विभागका महानिर्देशक डाक्टर वासुदेव उपाध्यय, औषधी ब्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, प्देशको सामाजिक विकास मन्त्रालय स्वस्थ्य महाशाखाका प्मुख डाक्टर उमाशंकर चौधरी, स्वस्थ्य निर्देशानलयका डाक्टर विनोदकुमार गिरीलगायतले स्वस्थ्य क्षेत्रका बारेमा चर्चा गरेका थिए । 

कार्यक्रममा ०७४।०७५ को प्रगति र समिक्षा सरोकारवालाहरुले प्रस्तुत गरेका थिए । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वस्थ्य महाशाखाका कविराज निरिक्षक गणेश भट्टराइका अनुसार कार्यक्रममा संगठन संरचना तथा जनशक्ति ब्यवस्थापनले काम गर्न समस्या भएकोमा सहभागिहरुले जोड दिएका थिए । प्रदेशमा स्वस्थ्य सम्वन्धी कार्यक्रम अगाडी बढाउन आवश्यक संरचना नहुदा कठीनाइ भएको भन्दै स्वस्थ्यमा सुधार ल्याउन भौतिक पूर्वाधारमा सुधार ल्याउनेदेखि जनशक्ति ब्यवस्थापनमा ध्यान दिनुपर्नेमा सहभागिले जोड दिएका थिए । 

कार्यक्रमका क्रममा स१चारकर्मीहरुसग कुरा गर्दै प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले ४० प्रतिशत जनशक्ति अभाव रहेको बताए । स्वस्थ्य उपकरणको पनि समस्या उस्तै रहेको तथा झण्डै ४० वर्ष अगाडी खरिद गरिएका उपकरणबाट काम भइरहेको पाइएको भनाइ उनको छ । प्रदेश पाच सरकारले सरकारी अस्पतालहरुमा सुधार ल्याउन अस्पतालहरुलाई  रकम  दिने सोच अगाडी सारेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर