• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

परराष्ट्रमन्त्री ज्ञवाली जापानमा, नेपाललाई हुने सहयोगको संझौतामा हस्ताक्षर हुने

टोकियो । प्रवासमा रहेका नेपालीहरुको ज्ञान सिप र क्षमतालाई नेपालको आर्थिक बिकासको साझेदारको रुपमा अगाडी बढाउन सरकारको चाहना रहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । 

प्रवासमा बसेकाहरुलाई नेपालमा लगानी गर्न  नडराउन पनि सुझाव दिए। जापान सरकारका परराष्ट्रमन्त्री तारो कोनोको निमन्त्रणामा  शनिवार जापान आईपुगेका ज्ञवाली आईतबार एनआरएनए जापानको दिवा भोज र राजदुताबास जापानको रात्री भोजमा सहभागी बने । 

पाँच दिने भ्रमणको क्रममा जापान आईपुगेका

मन्त्री ज्ञवालीले समृद्ध नेपाल र सुखीको अभियानमा जापानको सिप प्रविधिलाई जोड्न गैर आवासीय नेपालीसँग आग्रह गरेका छन् । जापान बिशेष गरि कृषिको आधुनिकीकरण, पुर्वाधार निर्माण र मानव संसाधन प्रविधिमा राम्रो भएकोले यि र यस्ता क्षेत्रमा लगानी बढाउन पनि नेपालमा राम्रो अबसर भएको सुझाव दिए । 

कामदारको बिषयमा कुन क्षेत्रमा जापान सरकारको औपचारिक घोषणा भईनसकेपनि नेपालमा जापानले कामदारको लागी नेपालमै लगानी बढ्न सके पनि फाईदा हुने बताए । सोमबार परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको नेपाली टोली र जापानका परराष्ट्र मन्त्री तारो कोनो नेतृत्वको टोलिबिच प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ । 

दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा जापान सरकारबाट नेपाललाई प्राप्त हुने सहायता सम्बन्धी सम्झौतामा समेत हस्ताक्षर हुनेछ ।जापानका कृषि मन्त्रीसंग पनि भेटघाटको कार्यक्रम तय भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर