• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 03:33 pm

३ सय ७८ वर्ष पुरानो नाच यस्तो देखियो तस्बीरमा

ललितपुर । ३ सय ७८ वर्ष पुरानो सांस्कृतिक महत्व बोकेको कार्तिक नाच मङ्गलबजारको कार्तिक डबलीमा चलिरहेको छ ।

काठमाडौं उपत्यकाको सबैभन्दा लामो र ऐतिहासिक नाच कार्तिक नाच अन्तर्गत बुधबार नरसिंह अवतारको नाच प्रदर्शन हुँदैछ । यो नाच कार्तिक नाचको मुख्य आर्कण मानिन्छ ।  गएको कार्तिक २६ गतेदेखि सुरु भएको नाच अन्तर्गत मंगलबार बेलुका बराह अवतारको नाच देखाइएको थियो । विगतमा २७ दिनसम्म देखाइने गरिएको यो नाच रकम अभावमा पछिल्लो समय १२ दिनमा सिमित भएको छ । पाटनका मध्यकालिन राजा सिद्धिनरसिंह मल्लले ३ सय ७५ वर्ष अगाडि सुरु गरेको कार्तिक नाच आज पनि उत्तिकै लोकप्रिय छ ।

बेलुका सात बजेदेखि सुरु हुने नाच हेर्न काठमाडौँ उपत्यका वरपरबाट दर्शक पुग्ने गर्छन् । 

 

 

 

 

 

 

 

 

 

तस्बीर : दिपेन्द्र ढुंगाना 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पसिनाको मूल्य र श्रमिक (फोटोफिचर)

  • २ पौष, २०७५

भक्तपुर । दैनिक पसिना बगाएर जीविकोपार्जन गर्ने मजदूरको श्रमले ठूल–ठूला महल बन्छन् । उनीहरुको मिहिनेत र परिश्रमले सुन्दर संसारको निर्माण हुन्छ ।

यी फोटा हेर्नुस,देश बनेन भनेर नेतालाई ‘गाली गर्नुस्’

  • २७ मङ्सिर, २०७५

काठमाडौं । ‘नेताहरुले गर्दा देशै बनेन, सरकारले कामै राम्रो गरेन’ भन्ने शव्दहरु लगभग नेपालीको थेगो जस्तै भईसकेको छ । तर ,नेता र सरकारमाथि यसरी औँला

मानव अधिकारकर्मी प्रहरीको फन्दामा (फोटोफिचर)

  • २४ मङ्सिर, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७० औँ