• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 03:26 pm

नेतृत्वले स्वार्थ नत्याग्ने हो भने पार्टी विघटनतिर जान सक्छ  –ठाकुर गैरे

(भिडियाेसहित)

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी एकिकरण गर्दाका उदेश्य र लक्षहरु पार्टी नेतृत्व र सरकारले आत्मसाथ गर्न नसकेको बताएका छन् । समाचार दैनिक डटकमसँगको प्रत्यक्ष कुराकानीमा नेता गैरेले भने, ‘मुलुकको गरिवी र बर्गीय विभेद अन्त्य गरेर समाजवादमा पुर्याउन पार्टी एकता गरेको हो, पार्टीमा कसले के जिम्मेवारी पाउँछ त्यो गौण विषय हो, तर हाम्रो कामहरु त्यो दिशामा, सरकारका काम समाजवादको दिशामा भईरहेका छन् कि छैनन ? भन्दा भएको छैन ।’

पार्टी नेतृत्व तत्काल नसच्चिने हो भने पार्टीमा यस्ता समस्या थपिंदै गएर विघटनको दिशामा जाने खतरा उनले औंल्याए । ‘यदी हाम्रो नेताहरुले यो प्रकृयामा आफ्नो व्यक्तिगत ईच्छालाई प्रधान बनाउनुभयो भने यो समस्या थपिँदै जान्छ’, उनले भने ।

‘पार्टी र सरकारलाई सही बाटोमा ल्याउन अबदेखि गल्ती नदोहोर्याउन प्रतिवद्दता गरेर नीति र विधि अनुसार पार्टी चलाउनु पर्ने उनको धारणा छ । यदी नेताहरुले आफ्नो व्यक्तीगत ईच्छा आकाँक्षालाई प्रमुख बनाउनु भयो भने यो समस्या थपिदै जान्छ,’गैरेले भने, ‘एकिकरण गर्दाका उदेश्य र लक्ष प्राप्ती गर्ने कुरा मुख्य भन्ने ठानियो भने यो समस्या समाधान भएर जान्छ ।’

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेकपाकाे राजनीति निकै भ्रष्टिकरण भयाे–प्रवक्ता श्रेष्ठ

  • २५ कार्तिक, २०७५

देशको नेतृत्व गरिरहेको सरकार र सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला केही आन्तरिक विवाद र बहसबाट गुज्रिरहेको छ । पार्टी

केही भएन भन्दै उफ्रनेहरुले कुण्ठा पोखेका मात्रै हुन् : प्रम ओली

  • १३ असोज, २०७५

नेकपाको एकतासँगै पार्टी भित्र देखिएको मौनताको बाँध फुटेको छ । नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले संघीय संसदको प्रतिनिधिसभामा मन्तव्य दिदै

याे क्षेत्रमा परिवारले मलाई कहिल्यै साथ दिएन-महानायक हमाल 

  • १३ असोज, २०७५

नेपाली चलचित्र जगतमा लामो समयदेखि क्रियाशील अभिनेता राजेश हमाल यत्तिवेला युरोप भ्रमणमा छन् । युरोपका विभिन्न देशमा भएका सांस्कृतिक कार्यक्रममा