• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

नेतृत्वले स्वार्थ नत्याग्ने हो भने पार्टी विघटनतिर जान सक्छ  –ठाकुर गैरे

(भिडियाेसहित)

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी एकिकरण गर्दाका उदेश्य र लक्षहरु पार्टी नेतृत्व र सरकारले आत्मसाथ गर्न नसकेको बताएका छन् । समाचार दैनिक डटकमसँगको प्रत्यक्ष कुराकानीमा नेता गैरेले भने, ‘मुलुकको गरिवी र बर्गीय विभेद अन्त्य गरेर समाजवादमा पुर्याउन पार्टी एकता गरेको हो, पार्टीमा कसले के जिम्मेवारी पाउँछ त्यो गौण विषय हो, तर हाम्रो कामहरु त्यो दिशामा, सरकारका काम समाजवादको दिशामा भईरहेका छन् कि छैनन ? भन्दा भएको छैन ।’

पार्टी नेतृत्व तत्काल नसच्चिने हो भने पार्टीमा यस्ता समस्या थपिंदै गएर विघटनको दिशामा जाने खतरा उनले औंल्याए । ‘यदी हाम्रो नेताहरुले यो प्रकृयामा आफ्नो व्यक्तिगत ईच्छालाई प्रधान बनाउनुभयो भने यो समस्या थपिँदै जान्छ’, उनले भने ।

‘पार्टी र सरकारलाई सही बाटोमा ल्याउन अबदेखि गल्ती नदोहोर्याउन प्रतिवद्दता गरेर नीति र विधि अनुसार पार्टी चलाउनु पर्ने उनको धारणा छ । यदी नेताहरुले आफ्नो व्यक्तीगत ईच्छा आकाँक्षालाई प्रमुख बनाउनु भयो भने यो समस्या थपिदै जान्छ,’गैरेले भने, ‘एकिकरण गर्दाका उदेश्य र लक्ष प्राप्ती गर्ने कुरा मुख्य भन्ने ठानियो भने यो समस्या समाधान भएर जान्छ ।’

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर