• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 03:58 pm

रातमा चिच्याएर वर माग्ने मेला (फोटोफिचर)

१ लाख बढी भक्तजनले गरे अवलोकन

पाल्पा । तिनाउ गाउपालिका–४, सत्यवतीतालमा लागेको सत्यवती बजैसँग चिच्याएर वरदान माग्ने मेला सम्पन्न भएको छ । ३ दिनसम्म चलेको मेलामा १ लाख बढी झक्तजनले अवलोकन गरेको व्यवस्थापन समितिले जनाएको छ । मेलामा स्थानीय उत्पादनको बिक्री वितरणसमेत गरिएको थियो ।

मेलामा खासगरी रातीको समय तालमा लिङ्गो गाडेर बिहान सोही लिङ्गो चिनेर पुजा गर्ने चलन रहेको छ । सत्यवती मन्दिरमा रहेकी देवी अर्थात सत्यवती बजैले कानले नसुन्ने भएको हुँदा चिच्याएर वर मागेमात्र बजैले सुन्ने र भाकल पूरा हुने धार्मिक विश्वास रहेको छ । खासगरी मेलामा चिच्यायर बर माग्ने रत्यो पनि एउटै वाक्यमा भन्नुपर्ने धार्मिक मान्यता रहेको छ । केही वर्षअघिसम्म मेलामा आएर सन्तानको माग गर्ने, सम्पत्तिको माग गर्ने तथा सत्रुका लागि कुभलो होस् भनेर समेत भाकल गर्ने चलनले रातको समयमा जंगल नै गुञ्जायमान हुने स्थानीय बताउँछन् ।

पछिल्ला वर्षमा युवापुस्ताले चिच्याएर वर माग्न मन नपराउने हुँदा परम्परागत रुपमा चलेको चिच्याएर वर माग्ने पुरानो परम्परा भने हराउदै गएको छ ।

अँध्यारो भएपछि तालमा पुग्ने र बिहान झिसमिसे उज्यालो नहुँदै मन्दिर परिसर छोड्नुपर्ने मेलाको परम्परागत मान्यता रहेको छ । कार्तिक शुक्लपूर्णिमा कार्तिक महिनामा परेमात्र जोग पर्ने र मन्दिरमा पुजा गर्ने चलन भए पनि यसवर्ष ७ गते पूर्णिमा परेका कारण महाजोग परेकाले अन्य वर्षको तुलनामा यस वर्ष भक्तजनको बाक्लो उपस्थिति रहेको थियो ।

धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य रुपमा रहेको यस क्षेत्रलाई पूर्वाधारको विकास गरी आगामी दिनमा प्रचार प्रसार गर्नुका साथै होमस्टेको रुपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए ।

मेलामा बजैको दर्शन गरी भाकल गर्नका लागि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तुसहित छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी आएका थिए । तानसेन बुटवल सडकखण्डको चौबिस माइलबाट १ घण्टा ३० मिनेटको उकालो चढेपछि सत्यवती ताल, सत्यवती बजैको मन्दिरमा पुग्न सकिन्छ । सत्यवती बजैको लागि परेवा र बाख्राको वली दिने चलन रहेको छ ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पसिनाको मूल्य र श्रमिक (फोटोफिचर)

  • २ पौष, २०७५

भक्तपुर । दैनिक पसिना बगाएर जीविकोपार्जन गर्ने मजदूरको श्रमले ठूल–ठूला महल बन्छन् । उनीहरुको मिहिनेत र परिश्रमले सुन्दर संसारको निर्माण हुन्छ ।

यी फोटा हेर्नुस,देश बनेन भनेर नेतालाई ‘गाली गर्नुस्’

  • २७ मङ्सिर, २०७५

काठमाडौं । ‘नेताहरुले गर्दा देशै बनेन, सरकारले कामै राम्रो गरेन’ भन्ने शव्दहरु लगभग नेपालीको थेगो जस्तै भईसकेको छ । तर ,नेता र सरकारमाथि यसरी औँला

मानव अधिकारकर्मी प्रहरीको फन्दामा (फोटोफिचर)

  • २४ मङ्सिर, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७० औँ