• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पूर्वमन्त्री स्व. भट्टको पार्थिव शरिर नेपाल लगिने 

टोकियो  । उपचारकै क्रममा जापानमा निधन हुनुभएका पूर्वमन्त्री यदुप्रसाद भट्टको पार्थिव शरीर नेपाल लगिने भएको छ ।पारिवारिक स्रोतका अनुसार भट्टको पार्थिव शरीरलाई नेपाल लैजानका लागि आवश्यक प्रक्रिया भईरहेको छ । जापानमा पनिश्रद्धाञ्जलीका लागि शोक सभाको आयोजना गरिने तर मिति तय नभएको पारिवारिक स्रोतले जनाएको छ ।

एनआरएन आइसीसीका अध्यक्ष भवन भट्टका पिता यदुप्रसाद भट्टको टोकियोको हिरोस्थित जापान रेडक्रस मेडिकल सेन्टरमाउपचारको क्रममा आइतवार  निधन भएको थियो । लामो समयदेखि सुगरबाट पीडित भट्टलाई केही समयदेखि फोक्सोमासमस्या आएपछि जापानको रेडक्रस मेडिकल सेन्टरमा राखिएको थियो ।

स्व. भट्ट पूर्व वाणिज्य सहायक मन्त्री थिए । गोरखा जिल्लाबासी स्व। भट्टले जिल्लाको शिक्षा क्षेत्रमा गर्नुभएको योगदानकोअहिले पनि जिल्लामा चर्चा हुने गरेको पाईन्छ । स्व। भट्टका तीन छोरा, तीन छोरी र श्रीमती छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर