• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:08 pm

काठमाडौंको सिन्दुर जात्रा तस्बिरमा (फोटोफिचर)

काठमाडौं । भैरवनाथ जात्राको अन्तिम दिन आज सिन्दुर जात्रा आजको दिन ठूला रथबाट प्रतिमाहरुलाई साना रथमा सार्नुको साथै सजावट गरिएको छ । पहिलो दिन द्वितीयाका दिन सिन्दुर जात्रा गर्ने गरिए पनि जात्राको महत्व तथा भव्यता बढ्दै गएसँगै यसलाई तृर्तीयाका दिन गर्न थालिएको हो ।

सिन्दुर जात्रा विजयको प्रतीक भएको हुनाले रातो रङ्गको प्रयोगलाई प्राथमिकता दिने प्रचलन छ । चारुमती विहार, गणेशस्थान चावहिल चोक हुँदै चुच्चेपाटी मुसेगणेशस्थान, कुटुबहाल, लामपोखरी हुँदै सिन्दुर जात्राफेरि गणेशस्थान मन्दिरमा ल्याइन्छ । त्यसपछि चारुमती विहारमा लगेर मूर्तिहरुलाई सम्बन्धित गुठीयारका घरमा पु¥याइन्छ ।

बौद्ध धर्माबलम्बी र शिन्दू धर्मावलम्बीहरुको साझा आस्थाको तीर्थ चन्द्रविनायकभित्र भएका मूर्तिहरु जे भए पनि यसलाई गणेश स्थान भनेर सर्वसाधारणले चिन्ने गरेका छन् । चन्द्र विनायक, श्वेत विनायक, रक्त विनायक, चावहिल गणेश विभिन्न नामले यसस्थानलाई चिनिन्छ । यो गणेश चावहिल क्षेत्रको चारुमति महाविहार तथा भन्दो चैत्य नजिक रहेको छ । यी सबै स्थान पाशुपति क्षेत्रमा समेटिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भक्तपुरका इट्टाभट्टामा भारतीय श्रमिककाे कठिन परिश्रम (फोटोफिचर)

  • २ पौष, २०७५

भक्तपुर । दैनिक पसिना बगाएर जीविकोपार्जन गर्ने मजदूरको श्रमले ठूल–ठूला महल बन्छन् । उनीहरुको मिहिनेत र परिश्रमले सुन्दर संसारको निर्माण हुन्छ ।

यी फोटा हेर्नुस,देश बनेन भनेर नेतालाई ‘गाली गर्नुस्’

  • २७ मङ्सिर, २०७५

काठमाडौं । ‘नेताहरुले गर्दा देशै बनेन, सरकारले कामै राम्रो गरेन’ भन्ने शव्दहरु लगभग नेपालीको थेगो जस्तै भईसकेको छ । तर ,नेता र सरकारमाथि यसरी औँला

मानव अधिकारकर्मी प्रहरीको फन्दामा (फोटोफिचर)

  • २४ मङ्सिर, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७० औँ