• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आग्लोले हानेर श्रीमानले गरे श्रीमतीकाे हत्या

दाेलखा । जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया श्रीमती राममायालाई आग्लो प्रहार गरी हत्या गरेका छन् । 

ठूलोपातलकै खोलाखर्क घुँडेस्थित माइतमा भाइको विवाहमा पुगेकी राममायालाई सोमबार साँझ श्रीमानले टाउको र अनुहारमा आग्लो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । हत्या गरेलगत्तै तामाङ फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक काफ्लेले बताए । मृतक राममायको शव जिरी अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर