• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

फिडेल क्यास्त्रोको आर्थिक विकासको मोडेल र नेपालको बामपन्थी सरकार

पश्चिमा पत्रकारले एकपटक फिडेल क्यास्त्रोलाई सोधेका थिए, ‘तिम्रो देशमा न त राम्रो रक्सी पाइन्छ, न कुनै अत्तर नै पाइन्छ, तिम्रो देश कसरी राम्रो र विकसित ?’ यसको सटिक जवाफ दिँदै फिडेलले भनेका थिए, ‘हो, मेरो देशमा तिमीले भनेका चिज छैनन् मलाई यस्तो प्रश्न नगर्नुहोला ? प्रत्येक क्युवाली बालबलिकालाई पाँच वर्ष नपुगुञ्जेल क्युवाको सरकारले एकाबिहानै निःशुल्क एक लिटर दुध नपुर्याएको दिन मलाई प्रश्न गर्न आउनुहोला ।’ यो हप्ता तिनै क्युवाली नानी बाबुहरुलाई निःशुल्क दुध खुवाउने अभियान्ता फिडेलको दोस्रो स्मृति वर्ष हो । सन् १९२६ अगस्ट १३ मा जन्मिएका फिडेलको ९० वर्षको उमेरमा २५ नोभेम्वर २०१६ मा मृत्यु भएको थियो ।

कुनै नागरिकले स्वेच्छाले ८ घन्टाभन्दा धेरै काम गर्छ भने जग्गा र साना रेस्टुरेन्ट भाडामा दिने नीति लिइयो । पर्यटन क्षेत्रको विकासमा जोड दिने नीति लिइयो ।

सन् १९२६ जुलाई २६ बाट सुरु भएको क्युवाली क्रान्ति  त्यसको  ५ वर्ष ५ महिना ६ दिनमा सफल भएको थियो । युवाहरुको धेरै सानो समूहले सुरु गरेको यो क्रान्ति छोटै समयमा सम्पन्न भएको थियो । क्युवाको क्रान्ति सम्पन्न हुँदा त्यसका मुख्य नेता ३३ वर्षभन्दा कम उमेरका थिए । क्रान्ति सम्पन्न हुँदा फिडेल ३३, चे ग्वेभारा ३१, राहुल क्यास्त्रो २८ र क्यामिलियो २७ वर्षका मात्र थिए ।

क्रान्ति पूर्वक्युवाको अर्थ राजनीतिको चावी अमेरिकाको हातमा थियो । दुईवटा अमेरिकी कम्पनी बेटलहेम र स्टील करपोरेसले मात्र क्युवाको झण्डै २० प्रतिशत स्रोत र साधन कब्जा गरेका थिए भने क्युवाको प्राकृतिक स्रोत साधनमा अमेरिकाको एकाधिकार थियो । क्युवाको कुल खेतियोग्य जमिनको ८० प्रतिशत जमिनमा अमेरिकीको स्वामित्व कायम भइसकेको थियो । क्युवामा बितरित कुल टेलिफोनको ९० प्रतिशत टेलिफोन अमेरिकीको हातमा थियो । रेल वे नेटवर्कको ५० र चिनी उत्पादनको ४० प्रतिशत हिस्सा अमेरिकाको हातमा पुगिसकेको थियो ।

भूमिमाथिको स्वामित्व र भूमिसुधारको प्रश्न अति नै संवेदनशील थियो । क्रान्तिलगत्तै जमिनमाथि व्यक्तिको निजी स्वामित्वलाई अन्त्य गरियो । जसले अमेरिकीको हातमा गइसकेको जमिन क्युवाली जनता र सरकार मातहातमा आइपुग्यो । भूमिमाथिको निजी स्वामित्व अन्त्य गरिसकेपछि किसानको समूह, सहकारी र कम्युनलाई उत्पादन प्रयोजनका निम्ति जमिनको वितरण गरियो ।

कृषिजस्तै औद्योगिक क्षेत्र पनि अमेरिकीकै हातमा थियो । क्रान्तिलगत्तै उद्योगलाई राष्टियकरण गरियो । उद्योगहरु मजदूरको व्यवस्थापन र राज्यको नेतृवमा सञ्चालन हुने व्यवस्था गरियो । मजदूर सहकारी निर्माणमा जोड दिइयो र तिनको व्यवस्थापनमार्फत उद्योग संचालन गर्ने नीति लिइयो । 

यही भएर होला मासिक ४ सयदेखि ७ सय पेसो तलब थापेर पनि क्युवाली जनताको जीवन खुसीका साथ चलिरहेको छ । नागरिकलाई रोजगारीको ग्यारेन्टी गरिएको छ । मानव विकास सूचांकमा क्युवा १८२ देशमा ६८औँ स्थानमा र ल्याटिन अमेरिकी देशमा अग्रणि स्थानमा छ ।

लेखक

संभवत आजको दुनियाँमा क्युवाको जति सामाजिक सुरक्षा अन्यत्र कतै छैन । क्युवामा उच्च तहसम्मको शिक्षा पूर्णरुपमा निःशुल्क छ । स्वास्थ्य पूर्णरुपमा निःशुल्क छ । आवासको सुविधा राज्यले उपलब्ध गराएको छ । टेलिफोन सेवा निःशुल्क छ भने ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको नीति लिइएको छ । मनोरञ्जनका निम्ति ठूल–ठूला पार्क राज्यले नै बनाएको छ । सार्वजनिक यातायात सेवा अत्यन्तै सस्तो र भरपर्दो छ । खाद्यान्नमा राज्यको अनुदान रहेको छ । यही भएर होला मासिक ४ सयदेखि ७ सय पेसो तलब थापेर पनि क्युवाली जनताको जीवन खुसीका साथ चलिरहेको छ । नागरिकलाई रोजगारीको ग्यारेन्टी गरिएको छ । मानव विकास सूचांकमा क्युवा १८२ देशमा ६८औँ स्थानमा र ल्याटिन अमेरिकी देशमा अग्रणि स्थानमा छ ।

क्युवामा नेपालको जस्तो बहुबालीको सुविधा छैन । क्युवा मूलतः उखुबालीमा आधारित छ । उखुको अलावा केही मात्रामा सुर्ती र कन्दमुलको उत्पादन हुन्छ । चिनीको कचौरा भनेर चिनिएको क्युवाले १९६० देखि नै अमेरिकाको नाकाबन्दी खेपिरहेको छ । न त प्रचुर मात्रामा प्राकृतिक स्रोत छ, तर पनि क्युवाले आफना नागरिकको आधारभूत आवश्यकता पूरा गरिरहेकै छ ।

सन् १९९० मा सोभियत संघ र पूर्वीयुरोपमा कम्युनिस्ट व्यवस्था ढलेपछि क्युवाको चिनीले बजार पाउन छोड्यो । पुँजीवादी दुनियाँले क्युवामाथि नाकाबन्दी लादिरहेकै थिए । क्युवाको अर्थतन्त्र संकटमा पर्यो तैपनि फिडेल क्यास्त्रोले हार मानेनन् । सन १९९० देखि १९९३ सम्ममा क्युवाको अर्थतन्त्रमा ३३ प्रतिशतले गिरावट आयो । साम्राज्यवादीको यो घेराबन्दी तोडन हवानाका प्रत्येक घरमा एक करेसाबारी बनाउने र कृषिबालीलाई प्रत्साहित गर्ने नीति फिडेलले लिए । आज पनि क्युवाको राजधानी हवानामा प्रत्येक घरमा करेसाबारी छ ।

फिडेल क्यास्त्रोले एउटा समाजवादी अर्थराजनीतिको दियो जोगाएर बालिरहन सफल भए । उनले उत्पादनका साधनमाथि उत्पादक शक्तिको स्वामित्व कायम गर्ने, उत्पादनमा आम नागरिक र राज्यको प्रमुख भूमिका रहने र राष्ट्रिय आयको समानताको आधारमा न्यायोचित वितरण गर्ने समाजवादी अर्थनीति आफनो जीवनकालभरि लागू गरे ।

सन् २०१० मा फिडेलकै सहमतिमा अर्थनीतिमा केही सुधार गरियो । राष्ट्रिय आवश्यकताको आधारमा प्रत्यक्ष वैदेशिक लगानी लिने नीति लिइयो । कुनै नागरिकले स्वेच्छाले ८ घन्टाभन्दा धेरै काम गर्छ भने जग्गा र साना रेस्टुरेन्ट भाडामा दिने नीति लिइयो । पर्यटन क्षेत्रको विकासमा जोड दिने नीति लिइयो ।

जताततै समाजवादी भनिएका सत्ता एकपछि अर्को गरी ढलिरहँदा फिडेल क्यास्त्रो सतिसालझैँ उभिइरहे । दुनियाँभर समाजवाद ढल्यो भनेर स्याल हुइँया मच्चिरहँदा फिडेल क्यास्त्रोले एक्लैले भए पनि पुँजीवादीलाई प्रश्न गरिरहे, ‘तिम्रो पुँजीवाद कहाँ सफल छ ल्याटिन अमेरिका, एसिया वा दक्षिण अफ्रिका ?’

फिडेल क्यास्त्रोले एउटा समाजवादी अर्थराजनीतिको दियो जोगाएर बालिरहन सफल भए । उनले उत्पादनका साधनमाथि उत्पादक शक्तिको स्वामित्व कायम गर्ने, उत्पादनमा आम नागरिक र राज्यको प्रमुख भूमिका रहने र राष्ट्रिय आयको समानताको आधारमा न्यायोचित वितरण गर्ने समाजवादी अर्थनीति आफनो जीवनकालभरि लागू गरे ।

अहिेले नेपालमा कम्युनिस्ट पार्टीको एकल बहुमतको सरकार छ । विगतदेखि कम्युनिस्ट पार्टी सरकारमा आउँदा समाजिक सुरक्षाका क्षेत्रमा केही काम गर्नेबाहेक अर्थराजनीतिको मूलचरित्र बदल्ने काममा केही काम भएकै छैन । अहिले नेकपाको सरकारलाई समाजवाद उन्मुख अर्थतन्त्रको जग निर्माण गर्ने अवसर र चुनौती दुवै प्राप्त भएको छ । फिडेलेबाट सिकेर यो सरकारले समाजवाद उन्मुख अर्थनीतिको जग बसाल्दछ कि अहिलेको बनिबनाउ दलाल नोकरशाही पुँजीवादको राजमार्गमा दौड्दै यही हो हाम्रो समाजवाद भन्छ ? त्यो हेर्न केही समय कुर्न जरुरी छ ।  

  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर