• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

हाम्रो संघर्षको फल हो सामाजिक सुरक्षा कार्यक्रम– गणेश रेग्मी, अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ (भिडियाेसहित)

काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मीले सामाजिक सुरक्षा कार्यक्रमको सुरुवाती विन्दु आफुहरुको विगतको आन्दोलनसँग जोडिएको बताएका छन् । तत्कालिन सरकारले काट्ने १ प्रतिसत कर मजदुरको हितमा लगाउनका लागि तत्कालिन अध्यक्ष शालिकराम जम्कट्टेल सहित संगठनले गरेको आन्दोलनकाे परिणाम नै आजको सामाजिक सुरक्षा कार्यक्रम भएको उनको दावी छ ।

'सुरेन्द्र पाण्डे अर्थमन्त्री थिए, प्रत्येक व्यक्तीको आए आर्जनबाट १ प्रतिसन कर लिने भनेर बजेट भाषणमा भन्नुभयो,' रेग्मीले भने, ‘तर त्यो मजदुरको ज्याला १ सय ९० बाट कटाउनै नपुग्ने थियो, त्यसैले हामीले नीजि क्षेत्रबाट कर उठाउनै दिएनौं, त्यो कर राज्यले अकैं काममा खर्च गर्न भनेर उठाउन लागेको थियो । त्यतीखेर हामीले त्यो पैसा मजदुरहरुको सामाजिक सुरक्षाका लागि खर्चनुपर्छ भनेर सहमति गर्यौं । अहिलेको सामाजिक सुरक्षा कार्यक्रमको आधार त्यहीबाट बन्यो ।’

त्यतीबेलाको छलफलमा आफुहरुले सरकारका तर्फबाट समेत व्यवसायीले जत्तिनै योगदान गर्नुपर्ने माग राखेको भएपनि सुनुवाई नभएको उनले बताए ।

समाचार दैनिक डटकमसँगको अन्तरवार्ताका क्रममा अध्यक्ष रेग्मीले  यस क्रममा जिफण्ट लगायत अन्य मजदुर सँगठन र उद्घमी तथा सरकारले गरेको सहकार्यले यो काम सहज भएको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा भनेको के हो? कार्यन्वयनका चुनौतीहरु के के छन् भन्ने लगायतका विषयमा हामीले रेग्मीसँग कुराकानी गरेका छौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर