• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

जाडोमा स्वास्थ्य रहन दैनिक खानुहोस् यी ८ खानेकुरा

काठमाडौं । त्यसो त जाडोयामलाई शरीर बनाउने मौसमको रुपमा लिइन्छ । यसका बाबजुद पनि कहिलेकाही अचानक स्वास्थ्य अवस्था बिग्रन सक्छ । जाडो बढ्दै जाँदा  शरीरलाई न्यानो राख्न र बलियो बनाउनु आवश्यक हुन्छ । यसका लागि तपाईले दैनिक केही यस्ता खानेकुरा खानुहोस्, जसले तपाईको स्वास्थ्य बिग्रन दिँदैन । यी आहाराको सेवनले तपाईंको शरीरलाई तातो राख्नुका साथै शरिरलाई अन्य रोगहरुबाट लड्न सहायता मिल्ने गर्दछ । 

१. च्याउ - च्याउले तपाईंको इम्युन सिस्टमलाई बढाउने काम गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्छ ।

२. लसुन - चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।

३. कुखुराको मासुको सुप - चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ ।

४. मरिच - चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ । 

५ अदुवा - चिसो मौसममा अदुवाले पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ । जाडोमा अदुवा हालेको चिया पिउने गर्नुहोस् । 

६. गांजर - चिसो मौसममा गाजरलाई आफ्नो खानामा समावेश गर्नुहोस् । यसले शरिरमा जन्मने भाइरसलाई नष्ट गर्ने काम गर्छ ।

७. चिया - चिसो मौसममा हर्बल टी पिउनुहोस् । जो मानिसहरु चिसो मौसममा चिया पिउँछन् उनलाई हत्तपत्त कुनै पनि रोगले छुँदैन ।

८. दही - दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दहीको सट्टा तातो दही खानुहोला ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर