• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

सत्र वर्षदेखि एचआइभीविरुद्ध लड्दै दीक्षा

चितवन । सत्र वर्षदेखि एचआइभीसँग लड्दै आउनु भएकी अभियान्ता दीक्षा रिमाल यो सङ्क्रमण जीवनको अन्त्य नभएर शुरुआत भएको बताए । एचआइभी सङ्क्रमित भनेपछि समाजले घृणा गर्ने पहिलेको समयमा सञ्चार माध्यमको अगाडि खुलेर आफू सङ्क्रमित भएको घोषणा गर्ने दीक्षा यतिबेला पनि सङ्क्रमण रोक्न र भैसकेकालाई प्रेरणाको जीवन बाच्न क्रियाशील छिन् । 

भरतपुर महानगरपालिका–१२ निवासी रिमालमा विसं २०५८ मा एचआइभी सङ्क्रमण देखिएपछिका उनको जीवन निकै उतारचढावमा बित्दै आएका छन् । समाजलाई एचआइभी सङ्क्रमणको बारेमा बुझाउनेदेखि हुन नदिन र भैसकेकालाई सहज जीवनयापनका लागि उनको यात्रा जारी छ । 

लागुऔषधमा लिप्त श्रीमान्बाट सङ्क्रमित भएकी दीक्षाको सन्तान पनि सङ्क्रमणबाट मृत्यु भएपछि श्रीमान्बाट अलग जीवन बिताउँदै आउनु भएकी उनी यतिबेला सङ्क्रमित भएर पनि स्वस्थ देखिनु हुन्छ । 

दैनिक एकपटक एन्टीरेक्टो भाइरल ९एआरभि० प्रयोग गर्दै आउनु भएकी दीक्षाकै कारण सङ्क्रमण भएका समुदायमा खुल्न थाले । उनलेृ भनीन्े– ‘मेरो जीवन निकै कष्टकर बितेर यहाँसम्म आयो । अरु सङ्क्रमितले यो कष्ट व्यहोर्न नपरोस् भनेर सङ्घर्ष गर्दै आएकी छु ।’ 

उनले आफू सङ्क्रमित भएपछि चितवन सक्रिय समूहको नामबाट गैरसरकारी संस्था गठन गरिन् । समुदायलाई एचआइभीका बारेमा बुझाउन थालिन । यसका लागि उनी पर्चा बोकेर सडकमा पनि पुगिन । 

उनले स्मरण गरिन्– ‘सडकमा मान्छेहरूले सोध्थे तपाइँहरू नि भारतको बम्बइबाट फर्केको हो ?’ यस्ता प्रश्न आउन थालेपछि उनका साथी पर्चा टाँस्न जान हिच्किचाउन थाले । उनीहरुको अभियान जारी नै रह्यो । पछि उनीहरुले लोकदोहोरी कार्यक्रम गरेर संस्थाका लागि पैसा जम्मा गर्न गरे । ‘गाउँका मानिस सङ्क्रमितका कार्यक्रम हेर्न आउँदैनौ भन्थे । हामी घरघरमै गएर बुझाउने प्रयास गथ्र्यौं’ उनले सङ्घर्षका दिन सम्झँदै भनिन् । 

अभियानका क्रममा खाजा खान रेष्टुरेण्टमा बस्दा सँगैको टेबुलमा बसेकाहरुले लामखुट्टेले टोकेर पनि सर्न सक्छ भनेर उठ्ने गरेको उनले बताइन् । उपचार गर्न अस्पताल पुग्दा चिकित्सकले उपचार नगर्ने, बसमा यात्रा गर्दा सँगै बस्न अरु नमान्ने जस्ता विभेद सहनु परेको रिमाल बताउँछिन् । 

सबै सङ्घर्षसँगै समाज र विश्वले उनलाई सम्झेको छ । सङ्क्रमितको हौसला बढाउन सन् २००५ मा ‘मिस एचआइभी स्टिगमा फ्री’ प्रतिस्पर्धा आयोजना गरियो । एचआइभी सङ्क्रमित कम छैनन्, उनीहरूले केही गर्न सक्छन् भन्ने उद्देश्यले गरिएको प्रतिस्पर्धामा आठ जना सहभागी भएका थिए । उपाधि दीक्षाले नै जितिन् ।  

उनको संस्थाको नाम दुई वर्ष अघिदेखि चितवन सक्रिय महिला प्रतिष्ठान भनेर संशोधन गरिएको छ । सन् २०१६ मा १० हजार अमेरिकन डलर राशिको अन्तर्राष्ट्रिय रेड रिभन अवार्ड जितेपछि उनी अन्तर्राष्ट्रिय जगतमा पनि चिनिएकी छिन् । 

रिमालले यसअघि १५ देशमा एचआइभी सङ्क्रमितको ‘केस स्टडी’ पुरस्कारसमेत पाएकी छिन. । उनको विषयमा तयार गरिएको वृत्तचित्र सिङ्गापुरमा गएर देखाउने अवसर पनि रिमालले पाएकी छन् । समुदायले सहयोग गरेमा अरु सरह सङ्क्रमितहरु बाँच्न सक्ने उनको भनाइ छ । ‘मुख्य रुपमा सङ्क्रमितहरुमा आत्मबल हुनुपर्छ, अरुभन्दा स्वस्थ भएर हिड्न सकिन्छ’ उनले भनिन् ।

उनकै नेतृत्वमा एचआइभी सङ्क्रमित बच्चाका लागि जिल्लामा साङ्गीतिक कार्यक्रम गरी रु १३ लाख सङ्कलन गरेर उनीहरुको पालनपोषणमा खर्च गरिदै आएको छ । यससँगै देशका विभिन्न जिल्लाका सङ्क्रमितका लागि रिमालको संस्थाले काम गर्दै आएको छ ।

-रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर