रुदै बाहिरिए पवन परिवारको ६ लाख व्यर्थ (भडियोसहित)

काठमाडौं । शुक्रबार नेपाल आइडलको प्रस्तुतिमा अथितिको रुपमा नायिका नम्रता श्रेष्ठ आएकी थिइन । कार्यक्रमको सुरुवातमा रमाइलो भएको थियो । 
प्रतिस्पर्धी सबैले आफनो तरिकाबाट राम्रो प्रस्तुति दिएका थिए ।

तर एक जना बिदाइ हुनेमा परे पवन गिरी । उनी आइडलको  टप ६ बाहिरिएका छन् । एउटा राम्रो गायनको छाप बसालेका उनी आइडलको मञ्चबाट बाहिरिदा मञ्च पुरै स्तब्ध भएको थियो । 

पवनलाई जीताउनको लागि सबैले आफनो तर्फबाट सहयोग गरेका थिए । उनको परिवारले उनलाई भोट गर्नको लागि ६ लाख खर्च गरेका थिए । तर त्यो सब व्यर्थ भएको छ । उनको नेपाल आइडलको यात्रा शुक्रबारको प्रस्तुतिसँगै सकिएको छ । 

आउने साता टप ५ मा पर्न सफल प्रतिस्पर्धी बिक्रम बराल, अस्मिता अधिकारी,सुमित पाठक,अमित बराल र रवी ओडका वीचमा टप ४ का लागि कडा प्रतिस्पर्धा हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर