• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

मृत्यु, काजकिरिया र रूपान्तरणको प्रश्न

काजकिरियाको कर्मलाई यथाशीघ्र बदल्न जरुरी

मानिस मरेपछि भूतप्रेत बनेर तर्साउँदै हिँड्छ भनेर विश्वास गर्नेले खसीबोका, कुखुरा, राँगा मारेर खाँदा उनीहरुको भूतप्रेतले तर्साउँछ कि भनेर कत्ति पनि सोच्दैन । मानिसको मात्रै प्रेत हुने तर, जनावर र पंक्षीको प्रेत नहुने भन्ने पनि कहीँ हुन्छ र !

यो जगतलाई हेर्ने र बुझ्ने सवालमा मानिसहरुबीच दुईवटा धारणा रहँदै आएको छ । एकथरीले यो जगत कुनै परमात्माले बनाएको हो र सूर्य, तारा, ग्रह, पशुपंक्षी, मानिस सबै त्यही परमात्माको इसारामा चलेको छ भन्छन् । यो विचारका पक्षधरहरु पदार्थ चेतनाको उपज हो भन्दछन् । 

त्यस्तै, यो जगतलाई बुझ्ने अर्काथरी मानिसहरु पनि छन् जसले यो समग्र जगत पदार्थहरुबीचको आपसी अन्तर्विरोध र एकताबाट बनेको निरन्तर प्रक्रिया हो भन्दछन् । यो विचारका पक्षधरहरु चेतना पदार्थको उपज हो भन्दछन् । यो बिषयमा दुई पक्षबीच धेरै लामो समयदेखि विवाद रहँदै आएको छ । परमात्मा (चेतना) प्रधान मान्नेहरु आध्यात्मवादीहरु हुन अनि पदार्थ प्रधान मान्नेहरु भौतिकवादीहरु हुन् । आध्यात्मवादका धेरै हाँगाहरु छन् जसमा विश्वका मुस्लिम, इसाई, शिख, हिन्दू, कविरपन्थी, प्रणामी समूदाय, साई भक्त समुदाय, दलाई लामाको समूह, कन्फ्युसियस आदि इत्यादि । भौतिकवादको विकास भने पश्चिमा देशतिर व्यवस्थित रुपले फायरवाख हुँदै माक्र्ससम्मले गरेका थिए भने पूर्वीय दर्शनमा भौतिकवादको विकास ऋषि चार्वाक, ऋषि बृहस्पति हुँदै गौतम बुद्धसम्मले गरेका थिए भन्न सकिन्छ ।

वर्तमानमा हेर्ने हो भने भारतका रजनीश (ओशो), नेपालका डा. स्वामी विकासानन्दले समेत भौतिकवादवाद निकट रहेर प्रवचन दिने गरेका छन् । भौतिकवादी दर्शनमध्ये सबैभन्दा वैज्ञानिक दर्शन माक्र्सवाद हो र आजसम्म कसैले बिकल्प दिन नसकेको दर्शन पनि हो माक्र्सवाद । एसियाली क्षेत्रमा यस दर्शनलाई माओत्सेतुङ्गले अझ व्यापक बनाएका हुन् । 

अझ माओत्सेतुङ्गले त सर्वाहारा सांस्कृतिक क्रान्तिमार्फत सामाजिक रूपान्तरणको खाका नै प्रस्तुत गरेका छन् । यही माक्र्सवादी भौतिकवाद अर्थात् द्वन्द्वात्मक भौतिवादलाई भारतीय र नेपाली भूमिमा लागू गर्ने प्रयत्नहरु भई नै रहेका छन् ।

मानिस मरेपछि उसको शवलाई कुनै समाजले चितामा राखेर जलाउँछ भने कुनै समाजले जमिनमा गाड्ने गर्छ । हिन्दू संस्कारभित्र मात्र हैन विश्वका सबै धर्म र संस्कृतिभित्र कुनै न कुनै किसिमको काजकिरिया वा श्राद्ध गर्ने परम्परा रहेकै छ । कुनै समाजमा काजकिरिया गर्ने चलन सहज र सरल छ भने कुनै समाजमा यो जटिल र काजकिरिया गर्ने मानिसलाई अनावश्यक दुःख दिने खालको छ ।

जन्म र मृत्युका बारेमा पनि आध्यात्मवादी र भौतिवादी विचारहरुबीच निरन्तर बहस हुँदै आएको छ । भौतिकवादीहरु जन्म र मृत्युलाई आत्मा र परमात्माको खेल भनेर मान्दैनन् । यो दर्शनले अदृश्य आत्मा (चेतना) ले जन्म अनि फेरि मृत्युको चक्र चलाइरहेको छ भन्ने कुरालाई अस्वीकार गर्छन । आध्यात्मवादीहरु जन्म र मृत्यु भनेको परमात्माले विकास गरेको आत्माको रूपान्तरण हो भन्छन् र आत्मालाई परमात्मासँग मिलन गराएपछि मात्र मानिसले जन्म र मृत्युको यो चक्रबाट मुक्ति पाउँछन् भन्ने गर्छन् । हिन्दू धर्ममा त मृत्यु भएका आफन्तले मृतकको आत्माशान्ति गर्न र आत्मालाई परमात्मासँग मिलन गराउन गरुड पुराणले दिएका नियम पालना गरी काजकिरिया गर्नुपर्छ भनिएको छ । यस्तै खाले आध्यात्मिक मान्यता क्रिश्चियन धर्म, किरात धर्म र कतिपय बुद्धिष्ट भनिने समुदाय लगायतका धर्म र संस्कृतिमा पनि रहेका छन् ।

के मानिस मरेपछि काजकिरिया वा श्राद्ध गर्नैपर्छ ? काजकिरिया, श्राद्ध नगर्दा के हुन्छ ? धेरै मानिसले यस्ता कुरामा ध्यान दिँदैनन् अनि परम्पराका नाममा, संस्कृति जोगाउने नाममा परापूर्वकालदेखि चलिआएको किरिया बस्ने चलनलाई जस्ताको तस्तै अपनाउने गर्छन् र मरेको मानिस स्वर्ग गएको वा परमधाम पुगेको मनोगत सन्तुष्टि लिएर बस्ने गर्छन । त्यति मात्र हैन कसैले यस्ता अवैज्ञानिक र अन्धविश्वासी कार्यहरु गर्न चाहेन भने उसलाई सामाजिक बहिस्कार गर्ने वा अपमान गर्नेजस्ता धम्की पनि दिने गर्छन् । यस्ता सामाजिक बहिस्कार गर्ने कार्यमा विज्ञानका शिक्षक र प्राध्यापक भएर हिँडेका मानिससमेत प्रशस्त देख्न सक्छौं ।

लेखक

मानिस मरेपछि उसको शवलाई कुनै समाजले चितामा राखेर जलाउँछ भने कुनै समाजले जमिनमा गाड्ने गर्छ । हिन्दू संस्कारभित्र मात्र हैन विश्वका सबै धर्म र संस्कृतिभित्र कुनै न कुनै किसिमको काजकिरिया वा श्राद्ध गर्ने परम्परा रहेकै छ । कुनै समाजमा काजकिरिया गर्ने चलन सहज र सरल छ भने कुनै समाजमा यो जटिल र काजकिरिया गर्ने मानिसलाई अनावश्यक दुःख दिने खालको छ । हिन्दू संस्कारमा आधारित काजकिरियाको कर्म असाध्यै जटिल र वर्तमानको व्यस्त संसारमा यो भद्दा र अवैज्ञानिक पनि रहेको छ । तसर्थ हिन्दू संस्कारमा आधारित काजकिरियाको कर्मलाई यथाशीघ्र बदल्न जरुरी भइसकेको छ । 

जसरी मन, दया, पीडालाई हामीले भावनात्मक अर्थमा बुझ्ने गरेका छौं आत्मा पनि त्यस्तै भावनात्मक पक्ष हो । तपाईं हामी निदाएको बेला कहाँ पुग्छौं ? विचार गरौं त । डाक्टरले अप्रेसन गर्ने बेलामा बेहोस बनाएर शरीरका अंगहरु काट्दा पनि हामीले केही थाहा पाउँदैनौ । निदाएको बेला र बेहोस भएको बेला आत्मा भन्ने चीज कहाँ बस्छ होला ? 

मृत्यु र वैज्ञानिक सत्य 

हरेक प्राणी जन्मन्छ, निश्चित समय धर्तीमा रम्छ अनि अन्ततः मर्छ । यो प्राकृतिक नियम हो । विज्ञानले आधुनिक उपचार प्रविधिको विकास नगरेको समयसम्म इश्वरको जतिसुकै भजनकिर्तन गरे पनि मानिसहरु सामान्य रोगबाटै मर्थे । अहिले पनि नेपालका केही हुनेखाने वर्गका मानिसमा मात्र आधुनिक र वैज्ञानिक उपचारपद्धति सीमित भएकाले गर्दा सम्भ्रान्त वर्गका मानिसले उपचार पाएर जटिल बिरामीबाट पनि निको हुन्छन । तर अधिकांश  गरिब र दुर्गम ठाउँका मानिसहरु उपचारको सट्टा भगवानको नाम लिएर वा धामी झाँक्रीका कथित देउताहरु बोलाएर बस्नुपर्ने बाध्यता भएकोले सामान्य झाडावान्ता र ज्वरोले नै मरिरहेका छन् । विज्ञानको पहुँच भएका ठाउँमा मानिसले दीर्घजीवन पाएका छन् अनि विज्ञानको पहँुच नपुगेको ठाउँमा अन्धविश्वासले मानिसलाई चाँडै मारिरहेको छ । विज्ञानले प्रकृतिलाई चुनौती दिँदै शुक्रकीट र डिम्बको मिलनविना नै जीवको भ्रुण तयार पार्ने क्लोनिङ्ग प्रविधिको विकास गरिसकेको छ । 

जन्मेपछि प्राणीलाई लामो समय बचाउन विभिन्न औषधि, शल्यक्रियाका उपायहरु विज्ञानले दिइसकेको छ । विज्ञानले विकासमा फड्को हानेको गतिलाई नियाल्दा कुनै समय जीवका कोषहरु कहिल्यै नमर्ने र बुढ्यौली नै नआउने औषधि उपचार पनि विज्ञानले आविष्कार नगर्ला भन्न सकिन्न । प्रकृतिमाथि विज्ञानले विजय हासिल गर्नुपर्छ भन्ने मान्यता घातक दुस्साहस हो । तथापि प्रकृतिलाई बाटो बदल्न भने भौतिकवादले बाध्य पारेकै छ । जेभए पनि अहिलेसम्मको विकासक्रममा मानिस वा सम्पूर्ण जीवित प्राणी, बनस्पतिले मर्नुपर्छ । यो अनिवार्य सत्य हो ।

मरेपछि कहाँ पुगिन्छ होला ? वास्तवमा यही प्रश्नका कारण नै मानिसमा अनेक तर्कहरु उब्जेका हुन् अनि मरेपछि मर्ने मानिसको आत्मा कि त स्वर्गमा कि त नर्कमा पुग्छ वा यही पृथ्वीमा आत्मा भड्किन्छ भन्ने विश्वासमा पुगेका हुन् । वास्तवमा मृत्यु हुनु भनेको शरीरका कुनै पनि प्रणालीले पटक्कै काम नगरेको अवस्था हो । कुनै पनि प्रणालीले काम नगरेपछि शरीरमा ब्याक्टेरिया वा अन्य संक्रमण हुन्छ र शरीर कुहिएर जान्छ । मानिस वा अन्य प्राणीभित्र आत्मा भन्ने कुनै अमूक चीज हुँदैन । आत्मा भनेको मानिसको चेतनाले जन्माएको चीज हो । जसरी मन, दया, पीडालाई हामीले भावनात्मक अर्थमा बुझ्ने गरेका छौं आत्मा पनि त्यस्तै भावनात्मक पक्ष हो । तपाईं हामी निदाएको बेला कहाँ पुग्छौं ? विचार गरौं त । डाक्टरले अप्रेसन गर्ने बेलामा बेहोस बनाएर शरीरका अंगहरु काट्दा पनि हामीले केही थाहा पाउँदैनौ । निदाएको बेला र बेहोस भएको बेला आत्मा भन्ने चीज कहाँ बस्छ होला ? 


बेहोस हुँदा र निदाएको बेला हाम्रो मस्तिष्कको एक पाटो सक्रिय भएको हुँदैन भने अरु पाटाहरुले काम गरिरहेका हुन्छन् । यसरी मस्तिष्कको एक पाटो निस्क्रिय बस्दा त हामीले केही थाहा पाउँदैनौ भने मृत्यु भनेको त मस्तिष्क मात्र हैन पूरै शरीरका अंग र प्रणालीले काम नगरेको अवस्था हो । त्यस्तो बेलामा निदाएको बेला वा बेहोस भएको बेलामा जस्तै चेतनाशुन्य भइन्छ । बस् यति नै हो । आत्मा निस्कने, आत्मा भड्किने भन्ने कुराहरु अवैज्ञानिक सोचाईले जन्माएका तर्कमात्र हुन् । 

राजा परीक्षितलाई डस्न भनेर तक्षक नाग जाँदै गर्दा ऋषि कश्यपसँग जम्काभेट भयो । तक्षक नागको डसाइबाट राजालाई बचाउने र राजाबाट धेरै धनप्राप्त गर्ने आफ्नो चाहनाबारे तक्षकलाई कश्यप ऋषिले जानकारीे दिए । त्यसपछि तक्षक नागले राजा परीक्षितले भन्दा बढी धन ऋषि कश्यपलाई दिएर पठाए अनि बाँच्ने समय सकिएको राजा परीक्षितलाई डसेर उनलाई मारे ।

काल, जन्म, मृत्युबारे हिन्दू धर्मको मान्यता

हिन्दू धर्मका पुराणहरुका अनुसार सृष्टि आरम्भ हुँदा पहिले परब्रम्ह परमात्माको इच्छा स्वयं स्फूरण भयो र सो इच्छाले प्रेरित समस्त गुणले युक्त ब्रह्मा, विष्णु र शिव प्रकट भए रे ! विष्णुको कानेगुजीबाट निस्किएका मधु र कैटभले विष्णुमाथि नै आक्रमण गर्न थालेपछि विष्णुले छल गरेर मारे रे ! मरेका मधु र कैटभको बोसो जमेर पृथ्वी बन्यो, हाडबाट पत्थर बन्यो र मासुले पर्वत बन्यो रे ! ब्रह्माले त्यसपछि चौध भुवन र सात द्वीप र सात समुन्द्र सृष्टि गरे रे ! ती प्रत्येक द्वीपमा विभिन्न राजाहरु रहेका छन रे !

जीवनको सुरुवातबारे धर्मले दिएको मान्यता बिल्कुलै तर्कविहीन र प्रमाणविहीन देखिन्छ । पृथ्वीको गर्भदेखि ब्रह्माण्डको कैयौं टाढासम्म मानिसले पुगेरै अध्ययन गरिसकेको यो समयमा पृथ्वीको उत्पत्ति मधु र कैटभको शरीरबाट भएको भनी पत्याएर जीवन यापन गरियो भने कुन युगमा पुगिएला ?

फेरि, ब्रह्माले सृष्टि गरेको द्वीपहरुमा राजाको कल्पना पुराणले कसरी ग¥यो ? यसको अर्थ सामन्तवादको उदय भएपछि अर्थात् महासामन्तले राजाको रुप लिइसकेपछि पुराणको कल्पना गरिएको रहेछ भन्ने कुरा यसबाट पुष्टि हुन्छ । पुराण मानिसले लेखेका रहेछन् र राजाको विकास भएपछि लेखिएको हुँदा ब्रह्माले सृष्टि गरेको भनिएको द्वीपमा समेत राजाको कल्पनाका कथा लेखिएका रहेछन् । मानिसले लेखेको पुराणमा जन्म, मृत्यु, कालका बारेमा पनि मानिसको तत्कालीन चेतनाले बुझेको कुरा लेखिएको रहेछ भन्ने यसबाट नै स्पष्ट छ ।

गरुड पुराणमा पनि राजा परीक्षितको कल्पना गरिएको छ । राजा परीक्षितलाई डस्न भनेर तक्षक नाग जाँदै गर्दा ऋषि कश्यपसँग जम्काभेट भयो । तक्षक नागको डसाइबाट राजालाई बचाउने र राजाबाट धेरै धनप्राप्त गर्ने आफ्नो चाहनाबारे तक्षकलाई कश्यप ऋषिले जानकारीे दिए । त्यसपछि तक्षक नागले राजा परीक्षितले भन्दा बढी धन ऋषि कश्यपलाई दिएर पठाए अनि बाँच्ने समय सकिएको राजा परीक्षितलाई डसेर उनलाई मारे ।

यस कथाले त पुराणको उत्पत्ति सामन्तवादको स्थापना भएपछि रचिएको झन पुष्टि गर्छ । राजाको कल्पना हुनु नै एउटा प्रमाण हो । त्यस्तै ऋषिले धनप्राप्तिको लागि राजालाई बचाउने सोचाई लिनु अनि सोचेभन्दा बढी धन पाएपछि ऋषिले राजालाई बचाउने चाहना बदल्नु भन्ने जस्ता कुराहरु सामन्तवादले विकास गरेको सांस्कृतिक चरित्र हो । धनको उत्पत्ति, धनप्रतिको मोह, राजा र प्रजाको सन्दर्भजस्ता कुराले पुराण लेख्दा राज्यको उत्पत्ति भइसकेको र राज्यमा धनी र गरिबको वर्ग विभेद स्थापित भइसकेको पुष्टि हुन्छ । 

पुराणका अनुसार वेद र शास्त्रका कुराहरु बुझ्न सबैको गति नपुग्ने हुनाले सबैलाई यी कुराहरुको तुरुन्त निश्चय हुन सक्दैन रे ! त्यसैकारण जन्म–मरणरुप बन्धन नछुटेर त्यसैको सुखदुःख केबल अनुभव गर्ने जीवद्वारा यो संसारको क्रम चलिरहेको छ । पुराणले यसो भनेर खोजी गर्ने, अन्वेषण गर्ने कुरालाई बन्देज लगाएको र एकोहोरो परमब्रम्हको पाठ गरेर मुक्ति पाउनुपर्छ भनेको देखिन्छ । साथै यस्तो कुराले भौतिकवादीमा आन्तरिक आँखा नभएर चर्म चक्षु मात्र हुने भएकाले परमात्माको सत्यलाई बुझेर निश्चय हुन सक्दैनन् भन्ने आरोप पनि लगाइएको छ । 

कविर धर्मग्रन्थका अनुसार पहिले ब्रम्ह (परमात्मा) ले प्रकृति (दुर्गा) र पुरुष (निरञ्जन) लाई उत्पत्ति गरायो रे ! प्रकृति र पुरुष, बहिनी र दाजु भए पनि उनीहरुलाई परमात्माले धर्तीमा प्राणी जन्माउन उत्पत्ति गराएका थिए रे ! पुरुषले कुनै प्राणी इच्छाएर संख्या बताए भने प्रकृतिले उत्तिबेलै ती प्राणीहरु बनाउन सक्ने क्षमता परमात्माले दिएका थिए रे !

धर्तीमा धेरै प्राणी बनाइ सकेपछि एकदिन पुरुषले प्रकृतिसँग वा आफ्नै बहिनीसँग जबर्जस्ती सम्भोग ग¥यो रे ! बहिनीलाई सम्भोग गरेका कारण परमात्माले पुरुषलाई श्राप दिएर अबका दिनबाट अदृश्य हुने र काल बनेर दैनिक हजारौं प्राणी खानुपर्ने बताए रे ! त्यो बेलादेखि कालले प्राणी खान थालेको हो रे ! प्रकृतिसँगको सम्भोगबाट ब्रह्मा, विष्णु र महेश जन्मिए । उनीहरुलाई लामो समय चेतनाविहीन बनाइयो र कालान्तरमा ब्रह्मालाई कमलको फूलमा, विष्णुलाई शेषनागको काखमा र महेशलाई कैलाश पर्वतमा राखी उनीहरुलाई सृष्टि गर्ने, सञ्चालन गर्ने र नाश गर्ने जिम्मा दिइयो । 

जीवन र मृत्युसम्बन्धी धर्मग्रन्थले अघि सारेका यस्ता कथाहरु सुन्नका लागि रमाइलो त छ तर यसमा वास्तविकताको कत्ति पनि अंश छैन ।  यस्ता लोककथालाई आधार मानेर हामीले जीवन, मृत्यु र मृत्युपछिको कथित जीवनको कल्पना गर्नु नितान्तः अवैज्ञानिक र अन्धविश्वासी बाटोलाई शिरोधार्य गर्नुमात्र हुन जान्छ । 

मृत्यु र कथित आत्मा भड्किने कुरा

मरिसकेपछि आत्मा निस्कन्छ । धर्म गर्नेको आत्मालाई इश्वरले आफ्नो लोक लैजान्छन । पाप गर्नेको आत्मालाई यमराज वा कालले लिएर जान्छ, चित्रगुप्तका माध्यमबाट यमराजले स्वर्ग वा नर्क कता जाने फैसला गर्छन् अनि त्यतै लैजान्छन् । राम्रो कर्म गर्ने स्वर्ग पुग्छ अनि नराम्रो कर्म गर्ने नरक पुग्छ । मृत्युपछि जसको काजकिरिया हुँदैन उनीहरुको आत्मा भड्किन्छ । तसर्थ आत्माशान्तिका लागि ब्राह्मण पढाउने र ब्राह्मणकै निर्देशन बमोजिम काजकिरिया गर्नुपर्छ । 

जनावर मर्दा मानिसमा त्यति धेरै संवेदनशीलता आउँदैन । अझ आफैंले मारेर खाएको जनावरका बारेमा पनि मानिसहरु पूरै संवेदनहीन बन्छन् अनि मानिसका मनमस्तिष्कमा ती जनावरका भूतप्रेत र आत्माको कल्पना समेत हुँदैन ।

परम्परागतरुपमा नेपाली हिन्दू समाजले मृत्यु र आत्माबारे यसरी नै सोचेको छ ।  मरिसकेपछि मानिसको मात्र आत्मा भड्किन्छ कि पशुपंक्षीको पनि आत्मा भड्किन्छ ? यसबारेमा किरिया बस्नेहरुले सोचेको देखिंदैन । 

मानिस मरेपछि भूतप्रेत बनेर तर्साउँदै हिँड्छ भनेर विश्वास गर्नेले खसीबोका, कुखुरा, राँगा मारेर खाँदा उनीहरुको भूतप्रेतले तर्साउँछ कि भनेर कत्ति पनि सोच्दैन । मानिसको मात्रै प्रेत हुने तर, जनावर र पंक्षीको प्रेत नहुने भन्ने पनि कहीँ हुन्छ र ! वास्तवमा मानिस मरेपछि उसको संसर्गमा रहेका अरु मानिसहरु बढी नै संवेदनशील हुन्छन्, ऊसँगको विगतका संगत, माया, झगडा सबै मस्तिष्कमा मडारिन्छन अनि कताकता त्यो मरेको मानिस आई पो हाल्छ कि भन्ने डर वा आशा पैदा हुन्छ र त्यही डर वा आशाको संवेदनले भूतप्रेत, आत्माका प्रसंगहरु मस्तिष्कमा पैदा हुन्छन् । 

जनावर मर्दा मानिसमा त्यति धेरै संवेदनशीलता आउँदैन । अझ आफैंले मारेर खाएको जनावरका बारेमा पनि मानिसहरु पूरै संवेदनहीन बन्छन् अनि मानिसका मनमस्तिष्कमा ती जनावरका भूतप्रेत र आत्माको कल्पना समेत हुँदैन । मानिस मरेको केही समयसम्म मात्र भूतको भय वा आशा हुने गरेको तर मरेको लामो समयपछि भने मृत्युको घट्ना त्यतिबिध्न संवेदनशील बन्न छाडेको हुँदा त्यो अमुक मानिसको भूतको वा आत्माको भय वा आशा नभएको हामी सबैले देखिआएकै कुरा त हो नि ! बढी भय वा आशा पालेको बेला मस्तिष्कमा त्यही मर्ने मानिसको आकृति घरिघरी घुमिरहने भएकाले अँध्यारोमा वा कुनाकाप्चामा त्यस्तै आकृति देखिएको भ्रम हुनु स्वभाविक हो र त्यही भ्रमले नै भड्किएको आत्मा, भूतप्रेतको कल्पनालाई बढावा दिएको हो । 

अकालमा मरेकाहरुको आत्मा भड्किन्छ भनेर मान्ने हो भने अन्यायपूर्वक मारिएका मानिसको परिवारले त्यो मर्ने मानिसको काजकिरिया नै नगर्ने अनि मार्ने अपराधीलाई त्यो भड्केको आत्माले तर्साउन र दुःख दियोस् भनेर छाडिदिनुपर्ने हो तर, कसैले त्यस्तो त गर्दैनन् । नेपालमा जनयुद्धका समयमा दशौं हजारले ज्यान गुमाए तर ज्यान गुमाएका कयौंको काजकिरिया पनि भएको छैन । ती सबै काजकिरिया नभएका सहिदहरु भूतप्रेत बन्थे भने मार्नेलाई पक्कै सताउने थिए । तर, यसरी सताएको त कतै सुनिदैंन । यसबाट पनि के पुष्टि हुन्छ भने न कुनै आत्मा भन्ने चीज छ, न त्यो भड्किन्छ नै । 

मृत्यु र आत्मा शान्तिका कुरा

आत्मा भनेको आफूभित्रको स्वआस्था हो । यो कुनै मुर्त चिज हैन । यो मानिसको ५ वटा ज्ञानेन्द्रीयहरु आँखा, नाक, जिब्रो, कान र छालाले थाहा पाउने चिज हैन । भौतिक विज्ञानले ५ वटा ज्ञानेन्द्रीयले नबुझेको कुरालाई सत्य मान्दैन । तसर्थ एउटाको शरीरबाट अर्कोमा पस्ने वा विभिन्न ठाउँमा एकछिन देखा परेर बिलुप्त हुने भन्ने मान्यता केबल भ्रम हो । आत्माको सत्यता खोज्नु त पर्छ तर आत्मा भड्किने कुरा एउटा मनोवैज्ञानिक रोगको रुपमा परम्परागत समाज र संस्कृतिले थोपरेको भयानक बिकृति हो । 

त्यस्तै चोरी गर्ने, ठग्ने, व्याभिचार गर्ने कार्य नगरुन् भनेर स्वर्ग र नरक जाने बाटोको कल्पना गरेको देखिन्छ । बदमासी गर्नेले नरकमा कस्तो सजाय पाउँछन् र असल काम गर्नेले कसरी लामो स्वर्गबासपछि उच्चकुलमा पुनःजन्म लिन पाउँछन् भनी व्याख्या गरिएको छ । 

आत्मा र आत्माशान्ति जस्ता कुराहरुका बारेमा गरुड पुराणमा उल्लेख भएको पाइन्छ । यो पुराण गरुड र विष्णुबीचको वार्तालापसँग सम्बन्धित छ । वास्तवमा यो पुराणका कुरा खोतल्दा कतिपय सन्दर्भमा महान दार्शनिक कार्ल माक्र्सले भने भएझैं, ‘नरक जानेबाटो राम्रो नियतले बनाइएको हुन्छ,’ भन्ने भनाइसँग मिल्न पनि जान्छ । तत्कालीन समाजमा मानिसले गलत बाटो नरोजुन् । त्यस्तै चोरी गर्ने, ठग्ने, व्याभिचार गर्ने कार्य नगरुन् भनेर स्वर्ग र नरक जाने बाटोको कल्पना गरेको देखिन्छ । बदमासी गर्नेले नरकमा कस्तो सजाय पाउँछन् र असल काम गर्नेले कसरी लामो स्वर्गबासपछि उच्चकुलमा पुनःजन्म लिन पाउँछन् भनी व्याख्या गरिएको छ । 

तत्कालीन समयमा जतिसुकै राम्रो नियत राखेको भएता पनि आजको सन्दर्भमा गरुड पुराणको औचित्यता सकिएको छ । त्यसमा उल्लेखित कुनै पनि कुराहरु विज्ञानसम्मत छैनन् । बरु मानिसको मस्तिष्कमा भुतप्रेतको भय फैलाउने, अन्धविश्वास र कथित ब्राह्मण पोस्ने कुराबाहेक अन्य सकारात्मक कुराहरु त्यसमा देखिन्न । तत्कालीन समयदेखि हालसम्म उच्चवर्गका मानिसले तल्लोवर्ग र दलित श्रमजीवी मानिसलाई गरेको अत्याचारलाई हेर्दा उच्चवर्गले स्वर्ग र नर्कको कुरालाई पत्याएको देखिन्न र पत्याएको भए पनि कथित ‘ॐ हरि’ वाक्य बोलेर मुक्ति पाइने उपाय त्यहाँ भेटेर होला शोषण र दमनलाई कायम नै राखेको देखिन्छ । 

गरुड पुराण अध्याय २ मा यमराजले आफ्नो दूतहरुलाई आदेश दिएको प्रसंग केलाउन जरुरी छ । यमराजले मेरो छेऊमा ती आत्मालाई लिएर आऊ जो ‘हरि’ नाम जप्दैनन् । ‘ॐ हरि’ जप्ने मेरोमा आउनु पर्दैन । पापी मनुष्य जसले नारायणलाई मान्दैन, उसको जति पनि पुण्यकर्मले उसको पापलाई मेट्न सक्दैन ।

मानिसलाई सोच्ने खोज्ने अवसर दिनभन्दा डर र त्रासको माध्यमबाट इश्वरभक्तिलाई कायम राख्ने कोशिस छ यसमा । आदिम समयदेखि यही संस्कार र संस्कृतिमा हुर्किनुपरेकोले आत्मा र इश्वरको कल्पनाभन्दा बाहिर केही छ कि भन्ने आँट कसैले नगरेको हो ।

गरुड पुराणको यो प्रसंगले मानिसको मनमा काल्पनिक इश्वरप्रतिको आस्था स्थापित गर्न भयको साथ लिएको छ । मानिसलाई सोच्ने खोज्ने अवसर दिनभन्दा डर र त्रासको माध्यमबाट इश्वरभक्तिलाई कायम राख्ने कोशिस छ यसमा । आदिम समयदेखि यही संस्कार र संस्कृतिमा हुर्किनुपरेकोले आत्मा र इश्वरको कल्पनाभन्दा बाहिर केही छ कि भन्ने आँट कसैले नगरेको हो ।

आत्माशान्तिका लागि दान गर्नुपर्ने कुरा पुराणमा उल्लेख छ । यसका लागि गौदान, वस्त्रदान, भूमिदान, सुनदानका प्रसंगहरु छन् । यी दान ब्राह्मणलाई गर्नुपर्ने हुन्छ । कुनै गरिब, दलित, शुद्रलाई दान गर्ने कुरा उल्लेख छैन । गरुड पुराणको अध्याय १३ मा दीन तथा सज्जन ब्राह्मणलाई दान गर्न भनिएको छ । यसको अर्थ ब्राह्मणले त्यसबेलाको समयमा आफ्नो आयआर्जन गर्ने उपायका रुपमा दानको प्रचलन चलाएको भन्ने कुरालाई कसैले काट्न सक्दैन ।अझ यसमा भय र त्रासलाई मिसाएपछि हरेक व्यक्तिबाट आम्दानी हुने कुरा अकाट्य नै हुने भयो ।

गरुड पुराणकै अध्याय ३ मा शमसान भूमिमा शुद्रद्वारा पु¥याइएको वस्तुले त्यहाँ गरिएका सम्पूर्ण कर्म निष्फल हुन्छ भनिएको छ । वास्तविक श्रमजीवी वर्गलाई ब्राह्मण साहित्यमा अछुत (दमाई, कामी, सार्की) भनिएको छ ती अछुत वा शुद्रहरुले छोएको वस्तु प्रयोग गरियो भने मृतमान्छेको आत्माशान्ति हुँदैन रे ! यो त श्रमजीवी वर्गको ठूलो अपमान हो । यो कुराले मृत्यु भएर घाटमा लैजाँदासम्म पनि तत्कालीन शासकवर्ग ( ब्राह्मण, क्षेत्री ) ले श्रमजीवीलाई शुद्र भनेर हेपेको देखिन्छ । अब भन्नुहोस, कसरी यो पुराण र यो पुराणले दिएको कर्म शुद्ध र ठिक मान्न सकिन्छ र !

मानिस मरेपछि प्रेतआत्मा बन्छ । त्यो प्रेतआत्मालाई बायोआत्मामा बदल्न सकेमात्र बायोआत्मा यमराजसम्म पुगेर आफ्नो पाप र धर्मको लेखाजोखा गराउन सक्छ भनिएको छ । प्रेतआत्मालाई एक हात जतिको प्रेत शरीरमा बदल्न पिण्डदान गर्नुपर्छ । यही पिण्डदानकै क्रममा प्रेत शरीरलाई बैतर्णी नदी पार गराउन गाईको पुच्छर समातेर पार गराउनुपर्ने उल्लेख छ । यसका लागि ब्राह्मणलाई गाईदान ग¥यो भने मृतकले गाई पाउँछन् नत्र मृतकलाई यमराजसमक्ष पुग्न कठिन हुन्छ । यस्ताखाले भ्रमपूर्ण कथाले मानिसको मस्तिष्कलाई भयातुर पारेर ब्राह्मणले दान हसुर्ने प्रथा बनाइएको देखिन्छ । पिण्ड नलडाउँदा मोक्षप्राप्ति नहुने हो भने पिण्ड नलडाउने अंग्रेज र मुसलमानको प्रेत दुनियाँभर घुमिरहेको हुनुपर्ने हो त ! त्यसो किन भएको छैन । 

गरुड पुराणकै अध्याय १५ मा जो मानिस आफ्नो घरबार छाडेर अन्तिम सास छाड्न अयोध्या, आव्न्तिका, मथुरा, काशी, गया, काँची, द्वारिका, यी सात ठाउँमा जान्छन् उनीहरुलाई मोक्षप्राप्ति हुन्छ भनिएको छ । त्यसबेला ठूला–ठूला ब्राह्मणले ती ठाउँमा आफ्नो गढ बनाएका थिए । स–साना राज्यहरु र त्यहाँका छोटेराजालाई नियम कानुन सिकाउन ती ब्राह्मणले भूमिका खेल्थे । आफ्ना गढको अतिरञ्जित मूल्यांकन गराउन नै यी सात ठाउँको व्याख्या ब्राह्मणले गराएका हुन् । 

तेह्र दिने किरिया, श्राद्ध र वर्तमान समाज

मानिसको मृत्यु भएपछि उसको पुत्रले तेह्र दिनसम्म किरिया बार्नुपर्ने नियम हिन्दू संस्कारले दिएको छ । यहाँ पनि विभेद भेटिन्छ । पुत्रले मात्र स्वर्ग जाने बाटो खोल्नसक्छ भन्ने मानसिकता पैदा गराएका कारण छोरीप्रति विगत हजारौं वर्षदेखि गम्भिर शोषण र अपमान भएको छ । विष्णुको मुखराविन्दबाट पैदा भएको भनिएको गरुड पुराण पनि लैंगिक विभेदकारी किन भयो भने यो तत्कालीन पितृसतात्मक मानसिकताबाट कोही मानिसले नै तयार गरेको कथा र नियम भएकाले हो । 

बाँचुन्जेल बाबुआमालाई खुसी राख्ने छोराले कथित स्वर्ग जाने बाटो खोल्ने नाममा तेह्र दिन बारेर पिण्ड लडाइरहनु पर्दैन । जीवनभर बाबुआमालाई रुवाएर राख्ने अनि मरेपछि बैतर्णी तराउन गौदान गर्नुको कुनै औचित्य छैन ।

तेह्र दिन नुन बार्ने नियम कदाचित स्वस्थ्यकर छैन । झण्डै आधा महिना नुनविना बस्नु उपयुक्त छैन । अझ त्यसमाथि घ्यु र चिनीसँग भात खाने चलनले कोलस्ट्रोल बढ्ने र सुगरका बिरामीको तत्काल मृत्यु हुनसक्ने समेत हुनजान्छ । यसरी नमानौं संस्कारको कुरा, मानौं स्वास्थ्य बिग्रने कुराले सताएका कारण धेरै हिन्दू संस्कृति मान्ने मानिसले यसलाई मनले नमानी नमानी अपनाइरहेका हुन्छन् । यस्ता अस्वस्थ्यकर चलनलाई यथाशीघ्र सबैले हटाउनु उचित छ । 

तेह्र दिनको किरियालाई तीन दिन बनाउने बहस चलेको छ र यो आजको व्यस्त समाजमा उपयुक्त पनि छ । बाबुआमाका लागि तेह्र दिन दुःख गर्न नसक्ने भन्ने आलोचना पनि गर्छन धेरैले । तर विषय तेह्र दिनको हैन । त्यो व्यक्तिले बाबुआमालाई बाँचुन्जेल कति माया ग¥यो र बाबुआमाको आँखामा आँसु आउन नदिन कति प्रयत्न ग¥यो भन्ने हो । बाँचुन्जेल बाबुआमालाई खुसी राख्ने छोराले कथित स्वर्ग जाने बाटो खोल्ने नाममा तेह्र दिन बारेर पिण्ड लडाइरहनु पर्दैन । जीवनभर बाबुआमालाई रुवाएर राख्ने अनि मरेपछि बैतर्णी तराउन गौदान गर्नुको कुनै औचित्य छैन ।

मृत्यु संस्कार र भौतिकवादी

यो जीवन र जगतलाई सबैभन्दा वैज्ञानिक र तथ्यपरक ढंगले बुझ्ने दर्शन द्वन्दात्मक भौतिकवादी दर्शन हो । यसलाई माक्र्सवादी दर्शन भनिन्छ । यो दर्शनले आफ्नो आफ्नो सामाजिक धरातलमा रहेर भौतिकवादलाई लागू गर्नुपर्छ भन्छ । यस अर्थमा किरातले आफ्नै सांस्कृतिक धरातलमा, क्रिश्चियनले आफ्नै धरातलमा र हिन्दू लगायत सबैले आफ्नै सांस्कृतिक धरातलमा रूपान्तरण गरी भौतिकवादी संस्कृति लागू गर्नुपर्छ । 

पिण्ड लडाउने र गौदान गर्ने कार्यलाई विस्थापित गरी गरिब, दलित र समाजबाट पछाडि पारिएका वर्गलाई त्यो दिन मृतकका नाममा आजीवन विद्यालय भर्ना गराइदिएर वा मृतकका नाममा पुरस्कार, सहयोग राशी उपलब्ध गराएर त्यसमा रूपान्तरण ल्याउन सकिन्छ ।

हिन्दू संस्कारभित्रबाट हुर्किएकाले पनि त्यसमा रूपान्तरण ल्याउन प्रयत्न गर्नुपर्छ । स्वर्ग र नर्कको विश्वासका आधारमा हैन, मृतकको सम्मान र उसको सकारात्मक र नकारात्मक भूमिकाको स्वस्थ विश्लेषण गरी मृतकलाई सम्झने ढंगबाट मनाउनुपर्छ । पिण्ड लडाउने र गौदान गर्ने कार्यलाई विस्थापित गरी गरिब, दलित र समाजबाट पछाडि पारिएका वर्गलाई त्यो दिन मृतकका नाममा आजीवन विद्यालय भर्ना गराइदिएर वा मृतकका नाममा पुरस्कार, सहयोग राशी उपलब्ध गराएर त्यसमा रूपान्तरण ल्याउन सकिन्छ । सेतो पहिरन लगाउने नलगाउने आफ्नो व्यक्तिगत सोचमा छोड्नुपर्छ । सेतो रंग शान्तिको प्रतीक भएकोले मृत्युशोक मनाइरहँदा सेतो कमिज र सुरुवाल लगाएर नांगै बस्ने परम्परा तोड्नुपर्छ । मृतकको तस्बिर कोठामा राख्ने र श्रद्धान्जली दिन चाहनेलाई त्यही तस्बिरमा माल्यार्पण गराउन लगाउने । 

गरुड पुराण सुनेर भुतप्रेतका डरलाग्दा कुराले दिमाग बिगार्नभन्दा संसारमा जीवन र जगतलाई नयाँ ढंगले बुझ्न कुन दार्शनिकले कस्ता चिन्तनको विकास गरे भन्नेबारेमा बहस चलाउन सकिन्छ । विज्ञानसमर्थक बौद्धिक व्यक्तित्वबाट सृष्टि, ब्रम्हाण्ड, ब्ल्याकहोलदेखि मानवजातिले खगोलमा गरिरहेको अध्ययन अनुसन्धानको विचार मन्तव्य राखेर कार्यक्रम गर्न सकिन्छ । कोरा बस्दा नुन नबार्ने, अस्वस्थ्यकर खाना नखाने । पराल र राडीको बिछ्यौनामा नै सुत्नुपर्ने र तेह्र दिन बैराग्य बन्नुपर्ने अवस्थालाई हटाउनैपर्छ । कपाल खौरने वा नखौरने व्यक्तिको स्वतन्त्रता हुनुपर्छ । 

निष्कर्ष

मानिसको मृत्यु भएपछि उसलाई बेवारिसे छाड्न कसैले पनि चाहँदैन । उसको मृत्युमा शोक मनाउन विभिन्न कर्म वा संस्कार सबैले गर्छन नै । त्यो संस्कार अवैज्ञानिक, अन्धविश्वासी, निरस, पीडादायी र दुःखपूर्ण हुनुहुँदैन । बाबुआमा मरेर पीडा भएको बेला बाबुआमाको महत्व दर्शाउन तयार गरिएको अन्धविश्वासी कर्मकाण्डको अन्त्य गरी नयाँ बहस, नयाँ मार्गको खोजीमा शोकका दिनलाई बिताउने तरिकाको खोजी गरिनुपर्छ । बाँचुन्जेल बाबुआमाको माया गर्ने, चित्त नदुखाउने, असहमति जाहेर गर्दा पनि नम्र र तर्कपूर्ण ढंगले मनाउन खोज्ने छोराछोरीले वास्तवमा बाबुआमा मरेपछि पिण्ड लडाउन र कोरा बस्न जरुरी छैन । 

कार्यक्रम गर्दा शोकसभा राख्ने, बर्षेनी बाबुआमाको नाममा गरिबलाई रोजगारी वा स्वरोजगारी गराउन सकिने गरी व्यवस्था गरिदिनेजस्ता रचनात्मक कार्य गर्नुपर्छ । त्यस्तै, कोही पनि भौतिकवादीले मृतकका आफन्तलाई भौतिकवादी ढंगले किरिया गर्न भनी मानसिक र शारिरीक दबाब सिर्जना गर्नुहुँदैन र कोही पनि आध्यात्मवादीले परम्परागत ढर्राबाट किरिया नबस्नेलाई अपमान गर्ने, पानी बहिष्कार गर्नेजस्ता दबाब दिनुहुँदैन । संस्कृति परिमार्जन हुनुपर्छ र त्यो वैज्ञानिक र सहज हुनुपर्छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर