२८ लघुवित्त कम्पनीले घोषणा गरे लाभांश, कुन कम्पनीको कति !

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत ३८ लघुवित्त कम्पनीहरुमध्ये हालसम्म २८ लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । केही कम्पनीहरुले जगेडा कोषमा लाभांश बाँड्न मिल्ने रकम नहुँदा लाभांश घोषणा गर्न सक्ने अवस्था छैन भने कतिपयले लाभांश घोषणा गरेर पनि लाभांश फिर्ता गरी बिना लाभांश साधारणसभा आव्हान गरेको छ । 

लाभांश घोषणा गरेका लघुवित्त कम्पनीहरुमध्ये सूर्योदय लघुवित्तको सबैभन्दा धेरै ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने नेपाल सेवा लघुवित्तले सबैभन्दा कम ५ प्रतिशत मात्र लाभांश प्रस्ताव गरेको छ ।

यता, निर्धन उत्थान लघुवित्तले ४२ दशमलव ११ प्रतिशत, उन्नती माइक्रोफाइनान्सले ४२ दशमलव ६३ प्रतिशत र छिमेक लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत लाभांश घोषणा गरेका छन् । 

त्यस्तै फस्र्ट माइक्रोफाइनान्स, वोमी माइक्रोफाइनान्स,  लक्ष्मी लघुवित्त, नेपाल सेवा लघुवित्त र महिला सहयात्रा माइक्रोफाइनान्स गरी पाँच लघुवित्तले नगद लाभांश मात्रै प्रस्ताव गरेका छन् । 

(प्रस्तुत तथ्यांकलाई प्रतिशतमा देखाइएको हो ।)

कम्पनीले घोषणा गरेको लाभांश कतिपय कम्पनीले साधारणसभाबाट पारित गरेर सेयरधनीलाई वितरण गरिसकेका छन् । अधिकांश कम्पनीहरुको सञ्चालक समिति लाभांश प्रस्ताव गरेपनि नेपाल राष्ट्र बैंकबाट स्वीकृत र सम्बन्धित कम्पनीको साधारणसभाबाट अनुमोदन हुन बाँकी छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर