• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

के तपाईलाई पनि ग्यास्ट्रिक छ ? कम गर्न खानुहोस् यी खानेकुरा

काठमाडौं । ग्यास्ट्रिक आम समस्या जस्तै भइसकेको छ । कसैको ग्यास्ट्रिक चाँडै निको हुन्छ भने कसैलाई जे(जति गरेपनि लामो समयसम्म सताइरहन्छ । सामान्यतया, खाना खाने समयमा अनियमितता आउनाले अथवा धेरै दिनसम्म असन्तुलित भोजन गर्नाले ग्यास्ट्रिकको समस्या आउन सक्दछ । 

ग्यास्ट्रिक आफैमा खासै ठूलो समस्या होइन, तर जब हामीले यसलाई सानो समस्या भनेर हेलचेक्र्याईँ गर्न थाल्छौँ, तब यसले विकराल रूप लिन थाल्दछ। त्यसैले आफूलाई ग्यास्ट्रिक भएको जस्तो महशुस हुने बित्तीकै उचित उपाय अपनाइहाल्नुपर्छ।

विशेष गरी नियमित सन्तुलित भोजन गर्ने अनि बढि चिल्लो, पिरो र अमिलो खानामा कमि गर्नाले ग्यास्ट्रिकको समस्या नहुने सम्भावना बढि हुन्छ । ग्यास्ट्रिक भैसकेपछि त्यसको रोकथाम गर्ने एउटै उपाय भनेको ज्।उथयिचष् ब्याक्टेरियालाई नष्ट गर्नु हो । त्यसको लागि निम्न खानेकुराहरूले मद्दत गर्दछस्(

- कालो वा हरीयो चिया 

- दही

- पुदिना

- गहुँको आँटाको रोटी 

- गाँजरको जुस 

- नरीवलको पानी

- हरीयो सागपात

- प्याज

- लसुन 

- स्याउ

- क्रानबेरी जुस

- ब्रोकाउली

- सोयाबिन 

- टुसा पलाएको गेडागुडी 

यी खानेकुराहरूले ग्यास्ट्रिकलाई कम गर्ने काम मात्र गर्दछ, सँधैको लागि निर्मुल गराउन सक्दैन । यदि तपाईँलाई लामो समयसम्म ग्यास्ट्रिकले सताइरहेको छ भने एकचोटि चिकित्सकको परामर्शअनुसार उचित उपचार गर्नु आवश्यक हुन्छ । किनभने लामो समयसम्मको ग्यास्ट्रिकले अल्सर र क्यान्सर समेत निम्त्याउन सक्दछ । एजेन्सी
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर