• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

शर्मालाई भारती खरेल स्मृति पुरस्कार 

काठमाडौं । साहित्यका क्षेत्रमा योगदान दिएको भन्दै यसवर्षको भारती खरेल स्मृति पुरस्कार प्राध्यापक रमा शर्मालाई प्रदान गरिएको छ । साहित्यकार भारती खरेलको स्मृतिमा स्थापित सो पुरस्कारको राशि ५१ हजार छ । 

साहित्यसाधिका तथा भक्तिमती भारती खरेलको ८१औं जन्मजयन्ती एवं उनको स्मृतिमा आयोजित कार्यक्रममा प्रदेश ३ का प्रमुख अनुराधा कोइरालाले प्रमाणपत्रसहित शर्मालाई सो पुरस्कार प्रदान गरिन् । प्रदेश प्रमुख कोइरालाले आगामी दिनमा पुरस्कार वितरण मात्र नभई अन्य रचनात्मक र सामाजिक कार्यहरु पनि गर्नुपर्ने बताइन् ।

भारती खरेल प्रतिष्ठानमा सुरुआतदेखि नै सदस्यका रुपमा रही योगदान दिँदै आएकी प्राध्यापक शर्माले यस पुरस्कारले आफूमा साहित्यप्रति थप हौसला जागेको बताइन् । सो अवसरमा प्रा डा हेमचन्द्र नेपालले नेपाली साहित्यमा भारती खरेलले महिलावादी चिन्तनलाई बढी प्राथमिकता दिएको बताउँदै नेपाली नारी साहित्यमा उनको अतुलनीय योगदान रहेको जानकारी दिए ।

उनले भने, ‘पुरुष दमनप्रति प्रतिवाद र महिलावादी चिन्तन गर्ने खरेलको साहित्यका प्रमुख विशेषता हुन् ।’ खरेलका ‘एउटी आमाको कथा’, ‘लाहुरे’, ‘गंगा जमुना’, ‘कुमारी आमा’ गरी चार उपन्यास प्रकाशित छन् । त्यसैगरी उनले अन्य कविता संग्रह, लघु उपन्यास, भजन र गीत पनि प्रकाशित छन् । प्रतिष्ठानको विसं २०४९ मा स्थापना भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर