• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:38 pm

कोलकातामा ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ हुँदै 

काठमाडौं । नेपाली साहित्यलाई विश्वस्तरसम्म पुर्याउने लक्ष्यका साथ भारतको कोलकातामा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको आयोजनामा आगामी मंसिर २२–२३ गते ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ हुने भएको हो । 

नयाँ दिल्लीस्थित नेपाली राजदूतावास, कोलकातास्थित नेपाली महावाणिज्यदूतावास, बिपी कोइराला फाउण्डेसन नयाँ दिल्ली, नेपाली व्यावसायिक समिति कोलकाता, ओसनिक एक्सप्रेस एलएलपी, क्लालकोक्स सिण्डिकेट प्रालि, जुपिटर कार्गो र संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घको सहयोगमा हुने सम्मेलनमा नेपाल, भारत, भुटान र म्यान्माका नेपाली साहित्यकारको सहभागिता रहने कार्यक्रम संयोजक नारायणप्रसाद होमागाईँले जानकारी दिए । 

भारतीय भाषा परिषद् भवनमा हुने सम्मेलनमा डा अमर गिरीले ‘नेपाली साहित्यको प्रवृत्ति’, डा रामजी तिमिल्सिनाले ‘डायस्पोरा नेपाली साहित्य’ र प्रा टेकबहादुर क्षेत्रीले ‘भारतमा नेपाली साहित्य’ विषयमा कार्यपत्र प्रस्तुत भई छलफल गरिने छ । ‘वर्तमान विश्वमा भारतीय क्षेत्रीय भाषाहरु हराउँदै गएको अवस्था’, ‘युवा र प्रौढ पुस्ताबीचको खाडल पुर्दै’ र ‘नयाँ पुस्तामा नयाँ विद्युतीय सामग्रीको प्रयोगबाट पर्ने असर’ शीर्षकमा पनि छलफल हुनेछ । 

सो अवसरमा वसन्त चौधरीद्वारा लिखित ‘वसन्त’ काव्यसङ्ग्रह (बंगाली भाषा) र टीकारामगोपाल भित्रीकोटीद्वारा लिखित ‘लाज’ कविता संग्रहको विमोचन गरिनाका साथै तुल्सी प्रभासद्वारा सांस्कृतिक वृत्तचित्र प्रस्तुत गरिनेछ । नेपालबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, हरिहर शर्मा, राजेन्द्र शलभ, रमण घिमिरे, राधेश्याम लेकाली, दिव्य गिरी, ऋषभ घिमिरे, धर्मराज बराल, सुभद्रा भट्टराई, गोकुल अधिकारीलगायत सहभागी हुने बताइएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राराहाङको ‘बान्तवा राई शब्दसङ्ग्रह’ सार्वजनिक

  • २ पौष, २०७५

इलाम । सञ्चारकर्मी रीता राराहाङ राईले लेखेको ‘बान्तवा राई शब्दसङ्ग्रह’ बजारमा आएको छ । राईले एक दशक लगाएर तयार पारेको उक्त कृतिमा बोलीचालीका

मेनुकाको समयको आवाज बजारमा 

  • २ पौष, २०७५

काठमाडौं । कवि मेनुका चापागाईद्वारा लिखित ‘समयको आवाज’ कवितासंग्रह सार्वजनिक भएको छ । कवि रमेश खकुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कवि

कवि तथा कलाकार गाम्चामा  

  • १ पौष, २०७५

भक्तपुर । मासिक रुपमा सञ्चालन हुँदै आएको ‘जेसुम स्रष्टा यात्रा’ सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा सम्पन्न भएको छ ।