• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बाजुरामलाई ‘काजी रोशन साहित्य पुरस्कार’

बागलुङ । नेपाली साहित्यमा योगदान पुर्याएको भन्दै साहित्यकार बाजुराम पौडेललाई ‘काजी रोशन साहित्य पुरस्कार’ प्रदान गरिएको छ । धवलागिरि साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पौडेललाई उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले १५ हजारसहित प्रमाणपत्र प्रदान गरे । 

प्रतिष्ठानले २०७४ सालको उक्त पुरस्कार शर्माको महाकाव्य ‘शान्ताश्री’ का लागि प्रदान गरेको हो । काठमाडौं निवासी साहित्यकार पौडेलले पुरस्कारले उत्प्रेरणा थपेको प्रतिक्रिया दिए । न्यायाधीश शिवाकोटीले पुरस्कार र सम्मानले साहित्यकारलाई थप दायित्वबोध गराउने धारणा राखे । प्रतिष्ठानले प्रत्येक दुई÷दुई वर्षमा राष्ट्रियस्तरमा साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । साहित्यकार पौडेलसँगै हालसम्म १४ जना साहित्यकारले पुरस्कार पाइसकेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए । पाण्डुलिपीलाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानले २०७२ सालदेखि प्रकाशित कृतिलाई पुरस्कृत गर्न सुरु गरेको हो । 

पुरस्कारका लागि देशभरबाट प्राप्त कृतिमध्येबाट निरुपण मण्डलले कवि पौडेलको महाकाव्यलाई छनोट गरेको थियो । पुरस्कृत साहित्यकार पौडेलका ‘सिर्जना फस्टाउनुपर्छ’ (खण्डकाव्य), ‘बाजुरामका कविता’ (कविता संग्रह) लगायतका कृति प्रकाशित छन् । उनी अभिनव साहित्य समाज, कपन साहित्य समाज, रमेश विकल साहित्यिक प्रतिष्ठानलगायतका साहित्यिक संघ संस्थामा आबद्ध छन् । 

यस्तै, प्रतिष्ठानले भाषा, साहित्यको सेवामा क्रियाशील पाँच जनालाई सम्मानसमेत गरेको जनाएको छ । विगतमा प्रतिष्ठानको प्रबन्ध समितिमा बसी योगदान पु¥याउने त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक लक्ष्मीप्रसाद शर्मा, डा षडानन्द पौडेल, उपप्राध्यापक डा साधना प्रतिक्षा, मुक्तराज उपाध्यक्ष र हाल समितिमा क्रियाशील वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेलललाई सम्मान गरिएको हो । सोही समारोहमा वरिष्ठ अधिवक्ता पौडेलको व्यक्तित्व र योगदान झल्काउने पुस्तकसमेत विमोचन गरिएको थियो । प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकको धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक गणेशप्रसाद शर्मा र पुरस्कृत महाकाव्य ‘शान्ताश्रीमाथि’ सहप्राध्यापक हरिप्रसाद गौतमले समीक्षात्मक टिप्पणी राखेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर