• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

तीन स्रष्टा पुरस्कृत  हुँदै

मोरङ । कला, साहित्य तथा पत्रकारिताका क्षेत्रमा योगदान दिएका तीन स्रष्टा पुरस्कृत हुने भएका छन्  । इन्द्रमोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई वर्षमा प्रदान गर्ने पुरस्कारबाट कवि विश्वविमोहन श्रेष्ठ, गायिका देविका वन्दना र पत्रकार रमेशचन्द्र अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कारबाट नेपाली साहित्यको कविता विधामा चार दशकभन्दा बढी समयदेखि योगदान दिएकाले कवि श्रेष्ठलाई डा.विमला श्रेष्ठ स्रष्टा पुरस्कार प्रदान गरिने भएको छ । हाल गुठीका प्रमुख संरक्षकसमेत रहेकी डा. विमला श्रेष्ठको नामबाट उक्त पुरस्कार दिन लागिएको हो ।

यसैगरी गीत संगीततर्फको ओम इन्द्रमोहन स्मृति पुरस्कारबाट प्रसिद्ध गायिका देविका र ओम इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कारबाट दुई दशक बढी समयदेखि श्रमजीवि पत्रकारको रुपमा क्रियाशील पत्रकार अधिकारी पुरस्कृत गरिने भएको छ । 

तीनवटै पुरस्कार आगामी पुसको दोस्रो साता विराटनगरमा कार्यक्रम आयोजना गरी प्रदान गरिने जनाइएको छ । पुरस्कारको राशी जनही १५ हजार ५ सय ५५ र ताम्रपत्र रहने छ । २०६२ सालमा कलाकार तथा समाजसेवी ओमकार श्रेष्ठले आफ्ना बाबुआमाको नामबाट धनकुटामा गुठीको स्थापना गरेका थिए । गुठीका संस्थापक श्रेष्ठको गत वर्ष निधन भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर