टुुक्रे योजनामा लगानी गरेर कर्णालीको समृद्धि हुदैंन  : मुख्यमन्त्री शाही

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास असम्भव रहेको बताएका छन् ।

 कर्णाली प्रदेश राजधानी सुर्खेतमा सोमवार भएको एसियाली विकास वैंकको नेपालका लागि प्रस्तावित साझेदारी रणनीति (२०२०–२०२४) का सन्दर्भमा संघीय, प्रदेश, स्थानीय सरकार तथा सरोकारवालाहरुसंगको छलफल तथा परामर्श कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि द्रुतमार्गको प्रयोग अपरिहार्य भएको बताए ।

 एसियाली विकास वैंकले नेपालमा ठुलो मात्रमा लगानी गरेको भएपनि त्यसको परिणाम नदेखिएको भन्दै मुख्यमन्त्री शाहीले अवको लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा गर्नुपर्ने बताए । 

‘नेता र पहुँचको आधारमा टुुक्रे योजनामा लगानी गरेर कर्णालीको समृद्धि हुनेवाला छैन ।’ मुख्यमन्त्री शाहीले  भने, ‘एउटा मात्रै भएपनि तर्पाईहरु पुर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस ।’

कर्णाली प्रदेशमा सडक, विद्युत, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठुला परियोजनामा लगानीको आवश्यकता रहेको बताउदै मुख्यमन्त्री शाहीले एशियाली विकास वैंकको आगामी रणनीति यसतर्फ केन्द्रीत हुनुपर्ने सुझाव दिए ।

‘पेपर वर्क’ र ‘अफिस वर्क’ले कर्णालीले चाहेको गतिमा समृद्धि संभव नभएको बताउदै मुख्यमन्त्री शाहीले एशियाली विकास वैंकका प्रतिनिधिहरुलाई भने, ‘तपाईहरुले देखिनेगरि पुर्वाधारका क्षेत्रमा लगानी गरिदिनुस, कम्तीमा कोहलपुर–सुर्खेत सडकलाई ६ लेनको वनाईदिनुस ।’

फाष्ट ट्रयाकवाट कर्णालीको विकास र आर्थिक समृद्धि हाँशील गर्ने प्रदेश सरकारको योजना रहेको बताउदै मुख्यमन्त्री शाहीले सरकारको प्राथमिकताका क्षेत्रमा दाताहरुले लगानी गर्नुपर्ने धारणा राखे । 

आफुहरुले योजना आयोग समेत निर्माण गरिसकेको र छिटै परियोजना वैंक तयार गरेर विकास निर्माणको प्राथमिकता सुची निर्माण गर्ने उनको भनाई छ । कर्णालीको गरिवि र विकटता वेचेर व्यक्तिगत समृद्धि हासिल गर्ने प्रवृत्ति हावी रहेको बताउदै मुख्यमन्त्री शाहीले परिणाममुखी काममा मात्रै हात हाल्न दाताहरुलाई आग्रह गरे ।

 मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फवाट दाताहरुको लगानीको सदुपयोग गर्न र पारदर्शीताका साथ परिणाममुखी कार्य गर्न प्रतिवद्ध रहेको बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर