• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 03:26 pm

निर्मला पन्त हत्या प्रकरण : विरोधको फरक रुप (फोटोफिचर)

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसकेको छ । तर उनको हत्यामा संलग्न दोषी भने अझै पत्ता लाग्न सकेको छैन । 

घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग गर्दै काठमाडौं उपत्यकामा पनि प्रदर्शन हुँदै आएको छ । आइतबार त बाग्लुङमा सडकको चिसो भुइँमा करिब एक घण्टा सुतेर महिलाले फरक प्रदर्शन गरेका थिए । प्रदर्शनमा करिब दुई सय महिलाको सहभागिता रहेको थियो ।

 निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबट प्रमाणित भइसकेको छ । गत साउन १० गते घरबाट साथीकोमा पढ्न भनेर गएकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो । यसअवधिमा जिल्लाका प्रहरी प्रशासनको नेतृत्व परिवर्तन भयो ।

घटनापछि प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै छानबिन समितिले प्रतिवेदन बुझाएपछि तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी डिल्ली विष्ट र तत्कालीन वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिश भट्ट सेवाबाट बर्खास्त भएका छन् ।

विभिन्न छानबिन समितिहरु गठन भए । न्यायका लागि भन्दै देशब्यापी आन्दोलनहरु भए । तर, सरकारले अझैसम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै आन्दोलनका फरक–फरक रुपमा प्रदर्शन भैरहेको छ । आन्दोलनको फरक स्वरुप अन्तर्गत अहिले बस, स–साना सवारी साधनका भितामा ‘सरकार भेटियो, न्याय भेटिएन’ पोस्टर टाँसिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पसिनाको मूल्य र श्रमिक (फोटोफिचर)

  • २ पौष, २०७५

भक्तपुर । दैनिक पसिना बगाएर जीविकोपार्जन गर्ने मजदूरको श्रमले ठूल–ठूला महल बन्छन् । उनीहरुको मिहिनेत र परिश्रमले सुन्दर संसारको निर्माण हुन्छ ।

यी फोटा हेर्नुस,देश बनेन भनेर नेतालाई ‘गाली गर्नुस्’

  • २७ मङ्सिर, २०७५

काठमाडौं । ‘नेताहरुले गर्दा देशै बनेन, सरकारले कामै राम्रो गरेन’ भन्ने शव्दहरु लगभग नेपालीको थेगो जस्तै भईसकेको छ । तर ,नेता र सरकारमाथि यसरी औँला

मानव अधिकारकर्मी प्रहरीको फन्दामा (फोटोफिचर)

  • २४ मङ्सिर, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७० औँ