• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बढी सेक्स गर्नु महिला पार्टनरका लागि समस्या

एजेन्सी । जुनसुकै जोडीको सम्बन्धमा सेक्स महत्वपूर्ण हुन्छ । विश्वास र मायाबाट बनेको यो सम्बनधमा दुवै जनाले महत्वपूर्ण भूमिका खेल्छन् । सुरु–सुरुमा जोडीबीच धेरै पटक सेक्स हुने हुन्छ । यस्तोमा महिला पार्टनरले कहिले काही केही समस्या झेल्नुपर्ने हुनसक्छ । 

पोल्ने र सुन्निने – बढी सेक्स गर्नाले महिलाको नीजि अंगमा पोल्ने वा सुन्निे समस्या हुनसक्छ । घषणा बढी हुने हुँदा महिलाको गुप्तांगको छालामा पोल्ने समस्या उत्पन्न हुनसक्छ । यसले हिड्नमा समस्या हुने र भेजिना वरपरको भाग सुन्निने र दुख्ने पनि हुन्छ । जब महिलालाई यस्तो समस्या हुनपुग्छ, रोमान्समा केही खल्लोपन आउनसक्छ । 

मुत्र नलीमा संक्रमण – बढी सेक्सले महिलामा मुत्रनलीमा संक्रमण हुने खतरा पनि रहन्छ । जब मुत्र नलीको माध्यमबाट ब्याक्टेरिया पाठेघर र पिसाब थैलीसम्म पुग्छ र यसको संख्या बढ्छ, तब संक्रमण हुन्छ । यसबाट महिलालाई निक्कै दुख्ने हुन्छ र यसको उपाय औषधिको प्रयोग नै हुन्छ । 

कम्मर दुख्ने – सेक्सका दौरान बढी प्रसर हुने भनेको तपाईको कम्मरमा हो । धेरै सेक्स गर्नाले कम्मर दुख्ने समस्या हुनसक्छ । त्यसैले सेक्सका दौरान बढी प्रभावित भागलाई लिएर हजगता अपनाउनु आवश्यक हुन्छ । 

मांसपेशी दुख्ने – लगातार सेक्सले तपाईलाई आनन्द दिन सक्ला, तर यसकै कारण तपाईको मांसपेशीमा पनि निक्कै प्रेसर पर्न जान्छ, जसले गर्दा अररिने समस्या हुनसक्छ । प्रायजसो यो आफैँ निको हुने पनि हुन्छ, तर कहिलेकाह चिकित्सक कहाँ जानुपर्ने हुनसक्छ । विशेषगरी यस्तो समस्या महिलको खुट्टामा हुनसक्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर