दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा ।  सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल सडक खण्डको पाल्पाको  तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा मंगलबार एक जनाको मृत्यु भएको छ । 

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३०प ४१९३ नं को मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी र्दिए । मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ खोलामा खसेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर