• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जिब्रोले निधार छुने मोरङका यज्ञ बहादुर, गिनिज वर्ल्ड रेकर्डमा नाम लेख्न चाहान्छन्  

काठमाडौं । पूर्वी नेपालको मोरङ उर्लाबारीका यज्ञ बहादुर कटुवाल पेशाले एक स्कूल बस ड्राइभर हुन् । स्थानीयस्तरमा ३५ वर्षीय कटुवालको परिचय केही फराकिलो छ र उनी यस परिचयलाई अझ फैलाउन चाहान्छन् । 

कटुवालसँग आफ्नो जिब्रोले आफ्नै निधार छुन सक्ने कला छ जसका कारण उनी गिनिज वरे्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउनमा आशावादी छन् । उनको जिब्रोले तल्लोपट्टि चिउडो छुने र माथिल्लोपट्टि आँखी भौँ छुन्छ । विश्वकै लामो जिब्रो आफ्नो भएको कटुवालको दाबी गर्छन् । 

केही साथीभाईले उनको जिब्रोको कलाको भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि कटुवाल स्थानीय स्तरमा एक सेलिब्रेटी नै बनिसकेका छन् । चिर्चित बेलायती अनलाइन पत्रिका ‘डेली मेल’ र अर्को अनलाइन ‘द न्यू योर्क पोष्टले पनि यज्ञ बहादुर कटुवालको स्टोरी प्रकाशन–प्रशारण गरेको छ । 

कटुवाल भन्छन्, ‘मलाई देखेर छेउमा पर्दैनन् केटाकेहीहरु, कुनै–कनैले त कट्टुमै सु गर्दै भाग्छन्’ । उनलाई कामको समयमा विद्यार्थीलाई आफ्नो कला नदेखाउन चेतावनी दिइएको छ । 

‘वयस्क उमेरका मान्छे पनि हेर्या हेरै हुन्छन् मेरो कला देखेर’ कटुवाल भन्छन्, ‘यदी मैले डराउने अभिनय गर्न पाए भने मान्छेलाई डराउन अरु अभिनेताले जसरी मलाई मेकअप गरिरहनु पर्दैन’ ।

आफ्नो कलाप्रति अरुले के भन्छन् भन्ने कुराले उनलाई फरक पर्दैन । कटुवाल भन्छन्, ‘मलाई म जस्तो देखिन्छु राम्रो देखिन्छु जस्तो लाग्छ’ । आफ्नो अद्भूत कलाका कारण गिनिज वर्ल्ड रेकर्डमा नाम लेख्न सकुँ भन्ने आशा रहेको उनको भनाई छ । 

–डेलिमेलबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर