• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

जवान देखाउनु पर्यो भन्दै अदालत पुगे यी चर्चित व्यक्ति

एजेन्सी । डेनमार्ककका एक मोटिभेसनल स्पिकर (प्रेरक वक्ता) एमिल रेटलब्यान्डले डचको एक अदालतमा आफ्नो उमेर २० वर्ष कम गर्न निवेदन दिएका थिए । ६९ वर्षीय यी व्यक्तिले आफू उमेरभन्दा २० वर्ष कम महसुश गर्ने भएकोले प्रमाणपत्रमा उमेर कम बनाइदिन आग्रह गरेका थिए ।

यद्यपी, अदालतले उनको अपिललाई अस्विकार गरेको छ र उनलाई मानसिक रुपले आफूलाई जवान सम्झन सक्ने अदालतले सल्लाह दिएको छ । 

अदालतले भनेको छ, ‘उनी आफूूलाई आफ्नो उमेरभन्दा २० वर्ष कम महशुस गर्ने र जवान देख्ने अधिकार छ र त्यही अनुसार व्यवहार गर्न पनि सक्छन् । तर, उनको आधिकारिक उमेर २० वर्ष कम गर्ने आदेश हामी दिन सक्दैनौँ, किनकि यसले उनको उमेर, विवाह मिति, स्कूलका सर्टिफिकेट आदी सबैमा परिवर्तन गर्नुपर्ने हुन्छ, यो एक जटिल कानुनी र सामाजिक प्रक्रिया हो ।’

आफूलाई ६९ वर्षीय वृद्ध जस्तो अनुभव कहिल्यै नभएको एमिलले अपिलमा बताएका छन्, उनले आफ्नो उमेरभन्दा २० वर्ष कम र जवान मान्छन् । नाम परिवर्नत जस्ता डज नियमकै आधारमा एमिलले उमेर कम गर्ने निवेदन दिएका थिए । तर, अदालतले उनको अपिललाई अस्विकार गरेको छ । 

डच कानुनमा उमेरकै आधारमा स्कूलमा भर्ना, विवाह वा भोट दिने अधिकार हुन्छ । यदी यस तर्कलाई स्विकार गरियो भने यस्ता सबै कानुन अर्थहिन हुने अदालतको ठहर छ । 

ऋदालतले आफ्नो निर्णय सुनाउँदै एमिल रेटलब्यान्डलाई भन्यो, ‘अदालतको फैसलालाई सबै अर्थबाट बुझ्नुपर्छ ।’ त्यस्तै एमिलले पनि भने, ‘यो फैसला उचित छ । थुप्रै अर्थमा उचित छ । अदालतले फैसला सुनाउँदै अन्य केही पक्षको पनि ब्याख्या गर्यो, जसको आधारमा भविष्यमा यस्ता अपिललाई लिएर मान्छे स्पष्ट हुनेछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर