इलामको माङ्सेबुङलाई पर्यटकीय धार्मिक स्थल बनाइनेः मुख्यमन्त्री राई

 

विमल लामिछाने/इलाम ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इलामको माङसेबुङ क्षेत्रलाई नेपालको एक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औं जन्मोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री राईले पृथक विशेषताको माङसेबुङलाई नेपालकै धार्मिक पर्यटकीय स्थल बनाउन संघीय र प्रदेश सरकार लागिपरेको बताए । 

धार्मिक पर्यटकीय क्षेत्र बनाउन सबै क्षेत्रको विकास आवश्यक रहेको बताउँदै मुख्यमन्त्री राईले गुरुयोजना निर्माण गरी योजनाको माग आए कार्यान्वयनका लागि सरकार तयार रहेको प्रतिवद्धता जनाए । ‘यस क्षेत्रको मुख्य समस्या दमक रवि सडक हो । त्यसका लागि आगामी ३ वर्षभित्र कालोपत्रे गरिसक्ने गरी संघीय सरकारबाट २ अर्ब ३० करोड रकमको व्यवस्था भईसकेको छ’ मुख्यमन्त्री राईले भने, ‘किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङलाई समृद्ध बनाउन बजेट व्यवस्थापनका लागि प्रदेश सरकार तयार छ ।’ सम्बोधनका क्रममा मुख्यमन्त्री राईले राष्टिय विभूति महागुर फाल्गुनन्द लिङदेन र वर्तमान धर्मगुरु आत्मानन्द लिङदेनको लिङदेनले समाज सुधारका लागि गरेको कार्यको प्रसशां समेत गरे । ‘किरातीहरुको सुधारका लागि महागुरु र वर्तमान गुरुहरुको योगदान अतुलनीय छ’ मुख्य मन्त्री राईले भने, ‘उहाँहरुले देखाउनुभएको विश्व शान्ति र मानव एकताको बाटोलाई सबैले पच्छ्याए नेपालमा स्थायी शान्ति कायम हनेछ ।’ मुख्यमन्त्री राईले सबै भाषा, सबै धर्म र सबै सम्प्रदायको उचित सम्मान र संरक्षण गर्न सकेमात्र समृद्ध नेपाल निर्माण हुने बताउँदै सरकारको तर्फबाट धार्मिक आधारमा कसैलाई विभेद नगरिने स्पष्ट पारेका थिए ।

कार्यक्रमलाई प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो, नेपाली कांग्रेसका मुख्य सचेतक केदार कार्की, संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादव, देउमाई नगरपालिका उपप्रमुख पविमाया राई, माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगोलगायतले सम्बोधन गर्दै समृद्ध राष्ट निर्माणका लागि सबै धर्मावलम्बीहरु एक भएर अगाडि बढ्न सुझाव दिएका थिए ।

कार्यक्रममा आत्मानन्द लिङदेन ‘सेइङ’ बट आर्शीवचन प्रदान गरिएको थियो । कार्यक्रममा प्रदेश सांसद धिरेन्द्र शर्मा (रमण), रामबहादुर मगरसहित विभिन्न राजनैतिक दलका नेताहरु, स्थानीय तहका प्रमुखहरु, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिभिहरुको सहभागिता थियो । जन्मोत्सवमा सहभागि हुन भारत, भुटान, अमेरीका, बर्मा, बेलायतबाट समेत ठूलो संख्यामा किरात धर्मालम्वीका साथी अन्य धर्मका अनुयायी पनि उपस्थित भएका थिए ।

धुम्रपान मध्यपान निषेधित क्षेत्र घोषणा

माङसेबुङ क्षेत्र धुम्रपान मध्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउ“पालिकाको वडा नम्बर ५ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरुको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमंस, धूम्रपान, जुवातास, लागु औषध, हुलहुज्जत तथा अश्लिल कार्य निषेधित क्षेत्र घोषणा गरिएको छ । यस क्षेत्रमा पशु बध पनि निषेध छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर