• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बर्सिलोना कोपा डेल रे को प्रिक्वाटरफाइनल प्रवेश 

एजेन्सी । बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।

बुधबार राती कल्चरल लियोनेसालाई दोस्रो लेगमा ४-१ ले हराउँदै समग्रमा ५-१ को जित निकाल्दै बार्सा प्रिक्वाटरफाइनल पुगेको हो ।  बार्सालाई जिताउन डेनिस सुवारेजले २ गोल गरे । सुवारेजले दुबै हाफमा १- १ गोल गरे । 

मुनिर अल हदादीले १८ औँ मिनेटमा गोल गर्दै बार्सालाई सुरुवाती अग्रता दिलाए । २६ औँ मिनेटमा सुवारेजले गोल गर्दै बार्सालाई २-० को अग्रता दिलाए । माल्कमले ४३ औँ मिनेटमा गोल गरेपछि बार्साले पहिलो हाफमै ३-० को अग्रता बनायो । 

दोस्रो हाफमा सेनले कल्चल लियोनेसाका लागि गोल गरेपनि जितका लागि त्यो पर्याप्त भएन । दोस्रो हाफमा ७० औ्ँ मिनेटमा सुवारेजले फेरी एक गोल थप्दै बार्साको जित अझै फराकिलो बनाए । 

घाइते रहेको लुइस सुवारेज, स्यामुयल उमटिटी, सर्जियो रोबर्टोलाई हिजो खेलाइएको थिएन । त्यस्तै लियोनल मेसी र जेरार्ड पिकेलाई पनि आगामी शनिबार हुने एस्पान्योलसँगको खेलका लागि आराम दिइएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर