• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 03:26 pm

चार मिनेटमा दुई गोल गर्दै ओल्भ्सले हरायो चेल्सीलाई 

एजेन्सी । चार मिनेटको अन्तरमा दुई गोल गर्दै ओल्भरह्याम्टनले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेको छ । बुधबार राती भएको खेलमा १-० ले पछि परेको स्थिति उल्टाउँदै ओल्भ्सले चेल्सीलाई २-१ ले हराएको हो । 

रुवेन लोफ्तस चिकले १८ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएपनि पछिसम्म त्यसलाई कायम राख्न सकेन । ओल्भ्सका लागि रउल जिमेनेज र डियगो जोताले ४ मिनेटको अन्तरमा गोल गर्दै जित सुनिश्चित पारे । जिमेनेजले ५९ र जोताले ६३ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई २-१ ले पारे । 

जितसँगै यो सिजन मात्र च्याम्पियनसिपबाट बढुवा भइ प्रिमियर लिगमा आएको ओल्भ्स १२ औँ स्थानमा उक्लिएको छ । चेल्सी भने चौथो स्थानमा झरेको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

साउथह्याम्प्टनसँग हार्यो आर्सनल, साउथह्याम्प्टनका कोचले किन मागे आर्सनलका कोचसँग माफी? 

  • २ पौष, २०७५

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राती भएको खेलमा आर्सनल साउथह्याम्प्टनसँग पराजित भएको छ । ८५ औँ मिनेटमा अस्टिनले निर्णायक गोल गरेपछि

इंग्लिस प्रिमियर लिगः ब्राइटनलाई हराउन चेल्सीका लागि हाजार्ड र पेद्रोले गरे गोल 

  • २ पौष, २०७५

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले ब्राइटनलाई हराएको छ । आइतबार राति भएको खेलमा चेल्सीले ब्राइटनलाई २–१ गोलले पराजित गरेको हो

इंग्लिस प्रिमियर लिगः मैदान छिरेको १४४ सेकेण्डमै गाेल,  लिभरपुल शिर्ष स्थानमा उक्लियो,

  • २ पौष, २०७५

एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा म्यानचेष्टर युनाइटेडलाई ३–१ ले हराउँदै लिभरपुल शिर्ष