• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

चार मिनेटमा दुई गोल गर्दै ओल्भ्सले हरायो चेल्सीलाई 

एजेन्सी । चार मिनेटको अन्तरमा दुई गोल गर्दै ओल्भरह्याम्टनले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेको छ । बुधबार राती भएको खेलमा १-० ले पछि परेको स्थिति उल्टाउँदै ओल्भ्सले चेल्सीलाई २-१ ले हराएको हो । 

रुवेन लोफ्तस चिकले १८ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएपनि पछिसम्म त्यसलाई कायम राख्न सकेन । ओल्भ्सका लागि रउल जिमेनेज र डियगो जोताले ४ मिनेटको अन्तरमा गोल गर्दै जित सुनिश्चित पारे । जिमेनेजले ५९ र जोताले ६३ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई २-१ ले पारे । 

जितसँगै यो सिजन मात्र च्याम्पियनसिपबाट बढुवा भइ प्रिमियर लिगमा आएको ओल्भ्स १२ औँ स्थानमा उक्लिएको छ । चेल्सी भने चौथो स्थानमा झरेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर