• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

म्यानचेष्टर युनाइटेड हारबाट जोगिँदा आर्सनल बराबरीमा रोकियो 

एजेन्सी । नयाँ व्यवस्थापकको आगमनपछि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको आर्सनल म्यानचेष्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

प्रिमियर लिगमा बुधबार राती लगातार खराब प्रदर्शनबाट गुज्रिएको म्यानचेष्टर युनाइटेडले हारबाट जोगिँदै आर्सनललाई २-२ को बराबरीमा रोकेको हो । 

दुवै हाफमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै म्यानयुले आर्सनललाई बराबरीमा रोक्न सफल भयो । 

२६ औँ मिनेननटमा मुस्ताफीको गोलबाट आर्सनलले सुरुवाति अग्रता लियो । त्यसको चार मिनेटपछि एन्थोनी मार्सलले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा आर्सनलले दोस्रो हाफमा अग्रता लियो । दोस्रो हाफको ६८ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका मार्कस रोजोले आत्मघाती गोल गरे । तर त्यसको एक मिनेटपछि नै युनाइटेडका लागि जेसी लिङ्गार्डले बराबरी गोल फर्काए ।

बराबरीपछि आठौँ स्थानको म्यानचेस्टर युनाइटेडको १५ खेलबाट २३ अंक भएको छ । पाँचौँ स्थानमा रहेको आर्सनलको ३१ अंक भएको छ ।

बुधबार राति नै भएको खेलमा साउथह्याम्पटनमाथि ३–१ को जित निकाल्दै टोटनह्याम १५ खेलबाट ३३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।  लेस्टर सिटी र फुलह्याम तथा एभर्टन र न्युक्यासलले समान १–१ को बराबरी खेलेका छन् ।


अर्को खेलमा लिभरपुलले बर्न्लीमाथि ३-१ को जित निकाल्दै दोस्रो स्थानमा कायम छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर