• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

फ्रान्स आन्दोलनः झुक्यो सरकार, इन्धनमा बढाइएको कर तत्काल लागु नहुने 

एजेन्सी । इन्धनमा कर वृद्धिको विरोधमा सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि फ्रान्स सरकारले उक्त निर्णय खारेज गरेको छ । यसअघि फ्रान्सले सन् २०१९ को बजेटमार्फत इन्धनको कर वृद्धि गर्ने जनाएको थियो । प्रधानमन्त्री एड्वार्ड फिलिपले एकदिन अघिमात्र उक्त निर्णय ६ महिनाका लागि पछि धकेलिएको बताएका थिए । 


इन्धनमा कर वृद्धिको विरोधमा जिलेट जायन्ट्स नामले चिनिएका आन्दोलनकारीले मुख्य शहरहरुमा विगत तीन हप्तानदेखि आन्दोलन चर्काएका थिए । आन्दोलनकारीले यो सप्ताहन्तमा आन्दोलन झनै चर्काउने बताइरहेका थिए । पहेँलो टिशर्ट लगाएर सडकमा उत्रिएका आन्दोलनकारीलाई यल्लो भेष्ट मुभमेन्टका नामले समेत चिनिन्थ्यिो । आन्दोलनमा क्रममा चारजनाले ज्यान गुमाएका छन । 

प्रधानमन्त्री फिलिपले इन्धनको कर वृद्धि तत्कालका लागि लागु नगरिने जनाएका हुन् जुन यहि जनवरी १ देखि लागु हुँदै थियो । त्यस्तै ग्यास तथा विजुलीमा बढाइएको मूल्य पनि स्थगित गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर