• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:05 pm

अन्तिम विदाइः भावविह्वल भए छोरा बुस, पितालाई दिए महान मानवको संज्ञा 

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसलाई अन्तिम विदाइ गरिएको छ । बुसको राजकीय सम्मानका साथ अमेरिकाको राजधानी वासिङटन डिसीमा औपचारिक विदाइ गरिएको हो । 

पिताको अन्तिम विदाइमा निकै भावुक भएका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले पिता बुसलाई महान मानव तथा प्रिय पिताको संज्ञा दिए । विदाइका क्रममा पिताका लागि दिइएको श्रद्धान्जली सम्बोधनमा भावविह्वलल भएका बुसले आफ्ना पिताले सँधै जनताको सेवालाई प्राथमिकतामा राखेको र जनताको सेवानै महान र आवश्यक कार्य हो भन्ने सिकाएको बताए । 

पराजय जीवनको अभिन्न पाटो भएको तर त्यसैबाट कसैको अस्तित्व अस्विकार गर्न नहुने कुरा पिताले सिकाएको बुसले बताए । सम्बोधनका क्रममा उनले आफ्नो आँसु थाम्न सकेनन । 

अमेरिकाको ४१ औँ राष्ट्रपति सिनियर बुसले  सन् १९८९ देखि १९९३ सम्म अमेरिकी शत्ताको बागडोर सम्हालेका थिए । उनको निधन गएको शुक्रबार राती ९४ वर्षको उमेरमा निधन भएको थियो । उनको पार्थिव शरीर गृह राज्य टेक्ससमा श्रीमती बारबराको समाधीस्थल नजिकै गाडिने छ । 

बुसको अन्तिम विदाइ समारोहमा अमेरिकाका पूर्व राष्ट्रपतिहरु जिमी कार्टर, बिल क्लिन्टन, जर्ज डब्लु बुस, बाराक ओवामा सहित वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र  पूर्व प्रथम महिलाहरु मिसेल ओवामा, हालकी प्रथम महिला मेलानीया ट्रम्प उपस्थित भएका थिए । उनीहरुले विदाइ हलमा एकै लहरमा बसेका थिए । 
 


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिकासँग साउदी अरेबिया किन रिसायो ? 

  • २ पौष, २०७५

रियाद । अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो मुलुकमाथिको ‘हस्तक्षेप’ भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ ।

अमेरिकी प्रतिवन्धले रिसायो उत्तर कोरिया, कोरियाली प्रायद्विपमा निशस्त्रिकरणको प्रयास विफल पार्ने चेतावनी  

  • २ पौष, २०७५

एजेन्सी । उत्तर कोरियाले अमेरिकाले लगाएको पछिल्लो प्रतिबन्धको कडा रुपमा भत्सर्ना गरेको छ । अमेरिकी प्रतिवन्धले रुष्ट बनेको उत्तर कोरियाले

पत्रकार खाशोग्जी हत्या प्रकरणबारे ‘विश्वसनीय’ छानविन गर्न राष्ट्रसंघको आग्रह

  • १ पौष, २०७५

दोहा । संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार