• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अन्तिम विदाइः भावविह्वल भए छोरा बुस, पितालाई दिए महान मानवको संज्ञा 

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसलाई अन्तिम विदाइ गरिएको छ । बुसको राजकीय सम्मानका साथ अमेरिकाको राजधानी वासिङटन डिसीमा औपचारिक विदाइ गरिएको हो । 

पिताको अन्तिम विदाइमा निकै भावुक भएका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले पिता बुसलाई महान मानव तथा प्रिय पिताको संज्ञा दिए । विदाइका क्रममा पिताका लागि दिइएको श्रद्धान्जली सम्बोधनमा भावविह्वलल भएका बुसले आफ्ना पिताले सँधै जनताको सेवालाई प्राथमिकतामा राखेको र जनताको सेवानै महान र आवश्यक कार्य हो भन्ने सिकाएको बताए । 

पराजय जीवनको अभिन्न पाटो भएको तर त्यसैबाट कसैको अस्तित्व अस्विकार गर्न नहुने कुरा पिताले सिकाएको बुसले बताए । सम्बोधनका क्रममा उनले आफ्नो आँसु थाम्न सकेनन । 

अमेरिकाको ४१ औँ राष्ट्रपति सिनियर बुसले  सन् १९८९ देखि १९९३ सम्म अमेरिकी शत्ताको बागडोर सम्हालेका थिए । उनको निधन गएको शुक्रबार राती ९४ वर्षको उमेरमा निधन भएको थियो । उनको पार्थिव शरीर गृह राज्य टेक्ससमा श्रीमती बारबराको समाधीस्थल नजिकै गाडिने छ । 

बुसको अन्तिम विदाइ समारोहमा अमेरिकाका पूर्व राष्ट्रपतिहरु जिमी कार्टर, बिल क्लिन्टन, जर्ज डब्लु बुस, बाराक ओवामा सहित वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र  पूर्व प्रथम महिलाहरु मिसेल ओवामा, हालकी प्रथम महिला मेलानीया ट्रम्प उपस्थित भएका थिए । उनीहरुले विदाइ हलमा एकै लहरमा बसेका थिए । 
 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर