सेयर लगानीकर्ता अनशन बस्ने, अर्थमन्त्री खतिवडाको राजीनामा माग

काठमाडौं । सेयर लगानीकर्ताहरु अनशन बस्ने भएका छन् । सेयर बजार निरन्तर घटेसँगै लगानीकर्ता आफ्नो सम्पत्ती रक्षा माग गर्दै मंसिर २३ गते आइतबार अनशन बस्ने भएका हुन् । 

लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा मुख्य माग गर्दै अनशनमा बस्ने जनाएका छन् । विगतदेखि नै सेयर बजारप्रति सकारात्मक नरहेको भन्दै पूँजी बजार विरोधी अर्थमन्त्रीले राजीनामा दिनु पर्ने माग लगानीकर्ताले गरेका हुन् । 

लगानीकर्ताहरुले दवाब समुह बनाएर पूँजी बजार विस्तार र सुधारका लागि रिले अनशन बस्न लागेको समुहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।लगानीकर्ताले वर्षौदेखि राख्दै आएका मागहरु पुरा गराउने सन्दर्भमा आलटाल भएकाले उक्त दिन अनशन बस्न लागेको दबाब समूहले बताएको छ । 

मंसिर २३ गते आइतबार नेपाल स्टक एक्सचेञ्जको सिंहदरबार प्लाजास्थित कार्यालय परिसरमा बिहान १० बजेदेखि रिले अनसन सुरु हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर